गैरसरकारी संस्था दर्ता, नविकरण तथा शिफारिस अनलाइनमा जाँदै, तयारी अन्तिम चरणमा

चन्द्रमणि भट्टराई
असोज २

DSC_7672काठमाडौं ।  काठमाडौं महानगरक्षेत्रभित्र भएका गैरसरकारी संघ संस्थाहरुलाई अनलाईन प्रविधिमा लैजान महानगरले तयारी अन्तिम चरणमा पु¥याएको छ । प्रविधि विकासकर्तासँग बसेर यसको उपयुक्तता हेरिरहेका छौं । महानगरको सामाजिक विकास विभागका प्रमुख नुरनिधि न्यौपाने भन्नुहुन्छ — संस्था दर्ता, नविकरण वा शिफारिस गर्न आवश्यक पर्ने कागजात, दस्तुरजस्ता पक्ष समेट्ने, लाभग्राही र सम्बन्धित कार्यालयको सहभागिता, प्रयोगकर्ताको चाहना व्यवस्थापन जस्ता आधारभूत पक्ष अध्ययन गरिरहेका छौं । अब तत्काल परीक्षणमा जान्छौं । यस प्रणालीबाट गैरसरकारी संस्थाले सञ्चालन गर्ने कार्यक्रम प्राप्त गर्ने स्कीकृत गर्ने तथा स्वीकृत भएको कार्यक्रम सम्बन्धी जानकारी सेवाग्राहीलाई इमेलबाट पठाउने सोच राखिएको छ । सूचना प्रविधि महाशाखा प्रमुख ध्रुब काफ्लेका अनुसार यो प्रणाली विकास गरिसकिएको छ । अव थोरै समयमा सेवाग्राहीले आफ्ना विवरण भर्न सक्ने, अन्तरक्रियात्मक बनाउने काम भइरहेको छ । पद्धति कार्यान्वयनमा आइसकेपछि गैर नाफमुलक संस्था दर्ता, नविकरण, उनीहरुले पेश गरेको कार्यक्रम स्वीकृत गर्ने, जिल्ला प्रशासन कार्यालय र समाज कल्याण परिषद्मा पठाउने शिफारिसमा सहज हुने अपेक्षा गरिएको छ ।

महानगरले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका गैर नाफामुलक संघ संस्थाहरुको काम निगरानी गर्न नीति तर्जुमा गरेको छ । यो प्रणाली त्यस प्रकारको नीति कार्यान्वयन गर्न अघि बढाइएको हो । यसमा संस्था सञ्चालन गर्ने व्यक्तिले आफ्नो संस्थाको नाम, सञ्चालक, संस्था रहेको स्थान, मुख्य कार्य क्षेत्र, संस्था दर्ता भएको मिति, काम शुरु भएको मिति, पान नं. लगायतका विवरण भुर्न पर्छ । त्यस्तै, विधान, कार्य समिति सम्बन्धि जानकारी, नागरिकताजस्ता आवश्यक पर्ने कागजपत्र समावेश गरेर पठाउनु पर्छ । विवरण भरेर पठाएपछि वडाले आफूसँग सम्बन्धित तथ्य र तथ्याङ्क जाँच गर्छ । वडाले त्इसत्यसको पहिलो वडा कार्यालयबाट पहिलो परीक्षण हुन्छ । वडाबाट पठाएको कागजपत्र तथा विवरणका आधारमा विभागले दर्ता गर्ने, शिफारिस गर्ने, नविकरण गर्ने वा कार्यक्रम स्वीकृत निर्णय प्रक्रियामा लैजान्छ ।

काठमाडौं महानगरमा करीव ४००० हजारको संख्यामा गैर नाफामुलक संघ संस्था भएको सामाजिक विकास विभागले जनाएको छ । यो गएको बर्षसम्ममा दर्ता र नविकरण भएको संघ संस्थाको विवरण हो ।