करीव १ करोड २७ लाख खर्च गरेर बौद्ध स्तुपा क्षेत्रलाई डुवानमुक्त बनाइँदै, सोमबार मेयर शाक्यको स्थलगत अवलोकन

नयाँ बस्तीको संरचनाले पुराना बस्ती डुवानको चापमा — मेयर शाक्य

चन्द्रमणि भट्टराई
भाद्र २५

DSC_3874
वौद्ध स्तुप परिसरमा बसेर स्थानीयको कुरा सुन्दै मेयर शाक्य, संघीय संसद सदस्य कृष्ण राईलगायत जनप्रतिनिधि र कर्मचारीहरु

काठमाडौं । वौद्ध स्तुपा परिसरमा हुने डुवान नियन्त्रण गर्न करीव १ करोड २७ लाख खर्च गरेर ढल बिछ््याइने भएको छ । बर्खा लागेसँगै जगडोल, रामहिटी गोकर्णेश्वर नगरपालिकाको वडा ८ र ९ को पानी जम्मा भएर बौद्धमा आउने भएकोले त्यस क्षेत्रबाट आउने भललाई ढलबाट बौद्ध गेट नजिकको खहरेमा पु¥याउने योजना बनेको छ ।

यस योजनाको बस्तुगत अवस्था अवलोकन गर्न सोमबार बिहान महानगरका प्रमुख विद्यासुन्दर शाक्य, क्षेत्र नं. ३ का संघीय संसद सदस्य कृष्ण राई, मेयरका सल्लाहकार राजेन्द्र स्थापित, वडा ६ का वडाध्यक्ष दीपेन्द्र लामालगायत जनप्रतिनिधि र कर्मचारीहरु बौद्ध स्तुपा क्षेत्रमा पुग्नुभएको थियो । त्यस क्रममा बौद्ध गेटबाट शुरु भएको पैदल यात्रा स्तुपा परिसर, बौद्ध फुलबारी तथागत मार्ग, रामहिटी, धाराटोल हुँदै फेरि स्तुपा परिसर आएको थियो । अवलोकनका क्रममा स्थानीय सडक, सतही ढल, भूमिगत ढल व्यवस्थापनसँगै सामाजिक अवस्थाका विषयमा जानकारी लिइएको थियो ।

स्थलगत भ्रमण अवलोकनपछि मेयर शाक्यले — समस्याको उद्गम पहिचान भइसकेको जनाउँदै पानीको निकासका लागि काम गर्ने बताउनुभयो । नयाँ बस्ती विकासका क्रममा तयार पारिएका संरचना र पुराना बस्तीका संरचनाको सन्तुलन नमिलेका कारण नयाँको असर पुरानामा पर्ने गरेको छ । यस क्षेत्रमा पनि यस्तै समस्या देखियो, मेयर शाक्यले भन्नुभयो — पुरानो बस्तीमा परेको चाप व्यवस्थापन गर्न स्थानीय सहभागितामा पुननिर्माणको काम गर्छौ । यसले स्थानीयमा विकासप्रतिको जिम्मेवारी पनि बढ्छ र समस्याको समाधान पनि हुन्छ । सोही क्रममा संघीय संसद सदस्य कृष्णले चावहिल, बौद्ध, जोरपाटी हुँदै साँखु जाने सडक दशैँ अगावै कालो पत्रे हुने बताउनुभयो । यसले बौद्ध क्षेत्रमा परेको पर्यटकीय असर कम हुन्छ । उहाँका अनुसार यो सडक आर्टिरियल सडक हो । यस प्रकारका सडक निर्माा गर्न सरकारले एकपटक र्निाय गरेपछिद पुनरावलोकन हुँदैन । यो विश्वव्यापी अभ्यास हो । यससँगै बौद्ध क्षेत्रमा निर्माण हुने ढलबाट बौद्ध क्षेत्रको ठूलो समस्या समाधान हुन्छ, संसद सदस्य राईको विश्वाश छ ।

DSC_4009
वडाध्यक्षको कार्यकक्षमा बसेर स्थानीयको कुरा सुन्दै मेयर शाक्य

यस बर्ष वडाले ढल निर्माण कार्यलाई प्राथमिकता दिनेछ । म योजना बनाउँदा ढल निकासलाई पहिले हेर्छु । वडाध्यक्ष दीपेन्द्र लामा भन्नुुहुन्छ — ढलको समस्या समाधान नगरी नागरिकलाई परिवर्तनको महसुस गराउनै नपाइने भो । अहिले वडाका अधिकांश नागरिक ढलको समस्याबाट पिरोलिनु भएको छ । चाहे सतही ढलको होस् या भूमिगत, वडाध्यक्ष लामा वडाका समस्याको प्राथमिकता सुनाउनुहुन्छ ।

यस क्षेत्रको समस्या समाधान गर्न करीव ३०० मिटर दुरीमा भूमिगत ढल बिछ््याइने योजना छ । वडाका इञ्जिनियर शंखनारायण श्रेष्ठका अनुसार ३०० मिटरमध्ये शुरुको १४० मिटरमा २ फिट गोलाइ र पछिल्लो १६० मिटरमा ३ फिट गोलाइका ढल राखिनेछन् । यससँगै माथिल्लो क्षेत्रबाट आउने ढललाई तीनचुलेमा डाइभर्सन गरेर सान्धारा कपनतर्फबाट निकास दिइनेछ ।

बौद्ध क्षेत्रको भ्रमण अवलोकन पछि संसद सदस्य र मेयरसहितको टोली वडा कार्यालयको अवलोकनका लागि गएको थियो । त्यस क्रममा मेयर शाक्यले वडामै बसेर, सरस्वतीनगर मिलन चोकबासीको ढल निकास सम्बन्धि गुनासो सुन्नुभएको थियो ।

 

यसमा तपाइको मत