नैतिक, प्राविधिक र व्यवहारिक शिक्षामा महानगरको जोड

गुणस्तरीय शिक्षाबाट महानगरको समृद्धि खोज्ने प्रयास भइरहेको छ — मेयर शाक्य

चन्द्रमणि भट्टराई
भाद्र २२

DSC_3195
वक्तृत्वकलामा प्रथम छात्रालाई प्रमाण पत्र दिँदै महानगरका प्रमुख शाक्य

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले सामुदायिक र संस्थागत विद्यालयको गुणस्तरमा देखिएको खाडल कम गराउने प्रयासमा लागेको बताउनु भएको छ । अन्तराष्ट्रिय साक्षरता दिवस तथा ३९ औँ राष्ट्रिय शिक्षा दिवसका अवसरमा महानगरको शिक्षा विभागका राष्ट्रिय सभा गृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाक्यले भन्नुभयो — नैतिक प्राविधिक र व्यवहारिक शिक्षालाई न्युनतम मापदण्ड बनाएर शिक्षालाई समाज रुपान्तरणको आधार बनाउँदैछौं । विद्यार्थीहरु प्रतिस्पर्धामा खरो उत्रिन्छन् तर हारलाई अस्वभाविक लिँदैनन् । जीत स्थायी होइन, यो शिक्षा विद्यार्थीबाट पनि सिक्न सकिन्छ मेयर शाक्यले राजनीति र विद्यार्थीको आचरण तुलना गर्दै भन्नुभयो — विद्यार्थीका कतिपय आचरण राजनीतिकर्मीले पनि सिक्नु पर्ने दिन आएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले, शिक्षण संस्थाभित्रका विकृति हटाएर यस क्षेत्रलाई विकासको मेरुदण्ड बनाउन महानगरले नीतिगत रुपमै व्यवस्था गरेको बताउँदै गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरणले मात्र महानगरको लक्ष्य पूरा हुने बताउनु भयो । यसमा संस्थागत र सामुदायिक दुवै प्रकारका विद्यालयको भूमिका हुने उहाँको भनाइ थियो ।

सामुदायिक र संस्थागत शिक्षाको गुणस्तर एउटै बनाउनु पर्छ । शिक्षकहरुले शिक्षण शैली परिवर्तन गर्नोस्, हामी नीतिबाट सघाउ गर्छौं । सबै मिलेर व्यवहारिक शिक्षा बढाऔं । — मेयर शाक्य

सो अवसरमा “समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवम् दिगो शैक्षिक पुर्वाधार” शीर्षकमा माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगितामा विद्यार्थीहरुलाई सहभागिता गराइएको थियो । हरेक श्रोत केन्द्रमा भएको प्रतियोगिताबाट विजयी बनेका ११ जना छात्रा छात्राले प्रतियोगितामा भाग लिएका थिए । यसरी भाग लिनेमा १० जना छात्रा र १ जना छात्र थिए । वक्तृत्वकलामा भाग लिने छात्र छात्राले अहिलेको शिक्षा व्यवहारिक नभएको, आफ्नो अवस्थालाईभन्दा अरुको अवस्थालाई हेरेर पाठ््यक्रम तयार पारिएको, क्षेत्रगत विज्ञता भएको व्यक्तिलाई असम्बन्धित क्षेत्रमा जिम्मेवारी दिइएकाले परिणाम निकाल्न नसकिएको तर्क केन्द्रीत गरेका थिए । यस प्रतियोगिताबाट अवेयरनेस इन्टरनेशनल एकेडेमीकी छात्रा दिलासासिं खत्री प्रथम भइन भने, अरुण माध्यामिक विद्यालय, बालाजुकी छात्रा सम्पदा सापकोटा द्वितीय र ज्ञानोदय माध्यमिक विद्यालय, बाफलका छात्रा कृति बिष्ट तृतीय हुनुभयो । प्रतियोगिताका बिजेतालाई महानगरका प्रमुख शाक्यले नगदसहित प्रमाण पत्र प्रदान गर्नुभएको थियो । प्रतियोगिताका बिजयीले प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश १० हजार, ७ हजार र ५ हजार रुपैयाँ रकम प्रदान गरिएको थियो । अन्य सहभागी सवैलाई सान्त्वाना पुरस्कारस्वरुप प्रति व्यक्ति १ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा २५ वर्षसम्म निरन्तर शिक्षण सेवामा रहेका यसै बर्ष सेवा निवृत हुन लाग्नुभएका २५ जना शिक्षकलाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो भने महानगरभित्रको श्रोत केन्द्र स्तरमा सामुदायिक विद्यालय तर्फ ११ र संस्थागत विद्यालयका तर्फबाट ११ गरि जम्मा २२ जना शिक्षक शिक्षिकालाई यस वर्षको उत्कृष्ट शिक्षक सम्मान तथा पुरस्कार प्रदान गरियो । यसैगरी २०७४ सालको एसइइ परीक्षामा उत्कृष्ट जिपिए प्राप्त गर्ने सामुदायिक र संस्थागत गरी १५ जना विद्यार्थीलाई सम्मान पुरस्कार प्रदान गरिएको थियो ।

यस बर्षको अन्तराष्ट्रिय साक्षरता दिवस तथा ३९ औँ राष्ट्रिय शिक्षा दिवसकै अवसर पारेर शिक्षकहरुबीच पनि हाजिरी जवाफ प्रतियोगिताको आयोजना भएको थियो । उक्त प्रतियोगिताका विजेताहरुलाई समेत पुरस्कार प्रदान गरिएको थियो । यस प्रकारका कार्यक्रमबाट शिक्षाको सान्दर्भिकतालाई आम जनताको चासोसम्म पु¥याउने प्रयास भइरहेको र सञ्चालित कामलाई निरन्तरता दिइने महानगरका शिक्षा अधिकारी डिल्लीराम लुइटेलको भनाइ छ ।

बक्तृत्वकला प्रतियोगिताका सहभागी

महानगर क्षेत्रमा ११ वटा श्रोत केन्द्र छन् । ती श्रोत केन्द्रले आफू मातहतमा भएका विद्यालयहरुवीच आयोजना गरेको प्रतियोगिताबाट प्रथम हुनेहरुलाई अन्तिम प्रतिस्पर्धामा बोल्न लगाइएको थियो । यस प्रतियोगितामा — सम्पदा सापकोटा, तरुण मा.वि. बालाजु — रोशना पौडेल, सामाखुशी बोर्डिङ स्कूल — जस्मिन अर्याल, बुद्ध ज्योती एकेडेमी, स्वयंभू — अनिश चौलागार्इँ, अक्सिडेन्टल स्कूल, अनामनगर — कृपा भण्डारी, एपेक्स लाइफ स्कूल, सरस्वती नगर — प्रविधि कार्की, एम्स इन्टरनेश्नल स्कूल — आयुषा भट्टराई, रोज बड स्कुल, बुद्धनगर — प्रदिक्षा के.सी, श्री महान सिद्धार्थ हाइ स्कूल, चावहिल — शालुपा खनाल, बृहस्पति विद्यासदन स्कुल — कृति बिष्ट, ज्ञानोदय मा.वि. बाफल र दिलासासिंह ठकुरी, अवेरनेस इन्टरनेशनल एकेडेमीले अन्तिम प्रतिस्पर्धा गर्नुभएको थियो ।

DSC_3156
उत्कृष्ट जिपिए ल्याउने छात्र छात्रालाई सम्मान गरिएपछिको सामुहिक तस्विर

स्रोत केन्द्र स्तरका उत्कृष्ठ शिक्षक

शिक्षण विधि सिकाइ र शिक्षक प्रोत्साहनका लागि कार्यक्रममा सामुदायिक र संस्थागततर्फका शिक्षकहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुने शिक्षकहरुमा सामुदायिकतर्फ — सुदर्शन कट्टेल, भक्त विद्याश्रम मा.वि.रक्तकालीका प्रधानाध्यापक, सीताकुमारी पौडेल, जन सुधार आधारभूत विद्यालय — ध्र्रुव राज थापा, पदमकन्या मा.वि.डिल्लीबजार — कमला राई, जनकल्याण मा.वि. — सुरेश चन्द्र न्यौपाने, कोटेश्वर सरस्वती मा.वि.कोटेश्वर — गोविन्दप्रसाद न्यौपाने, रत्न राज्य मा.वि.बानेश्वर — दुर्गा जोशी, गुह्येश्वरी मा.वि., प्रकाश आचार्य, श्रम राष्ट्रिय मा.वि., कुमारीगाल — दिवाकर दुरदर्शी, शिवपुरी मा.वि., कविन्द्रनाथ राजथला, ज्ञानोदय मा.वि.बाफल र र .नितु बस्तेत, तरुण मा.वि.बालाजु, हुनुहुन्छ । त्यस्तै संस्थागततर्फ, टीकाराम सिंखडा, रेडन मा.वि., सहजी पन्त, स्वर्णिम स्कुल, डल्लु, गगन सिं ऐर, एसियन पब्लिक स्कूल, मनोजप्रसाद भट्टराई, कुमारी आवासीय मा.वि. — इन्द्रलोचन चौधरी, नवज्योति मा.वि.कोटेश्वर — रणबहादुर अधिकारी, काठमाडौ जेभियर स्कूल — सुनिता पौडेल थापा, काठमाडौ प्रज्ञा कुञ्ज स्कूल — राजनप्रसाद आचार्य, जगत मन्दिर मा.वि.लामपोखरी, चावहिल —
पुरुषोत्तम देवकोटा, एडभान्स बोर्डिङ् स्कूल, कमला कुमारी लामिछाने पौडेल,माउण्ट ग्लोरी इङ्लिस.बो.स्कूल र सुनिता सिंह, सिद्धार्थ वनस्थली इन्स्टिच्युट हुनुहुन्छ ।

DSC_3186दीर्घ सेवा पदक

सामुदायिक विद्यालयमा २५ बर्षसम्म अध्यापन गर्ने र यसै बर्ष सेवा अवधि सकिने २५ शिक्षक शिक्षिकालाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो । कार्यक्रममा यो पदक पाउनेहरु ः निर्मला श्रेष्ठ, कन्या मा.वि., यट्खा — प्रभा घिमिरे, जन प्रभात मा.वि. — पार्वती कोइराला, तारणी आधारभूत विद्यालय, मखनटोल, उदया मिश्र पाण्डे, विद्योदय आधारभूत विद्यालय, झोछेँ — नीरा हाडा, मित्र आधारभूत विद्यालय, चावहिल — मीना शर्मा न्यौपाने, महेन्द्र बौद्ध मा.वि. हुनुहुन्छ । त्यस्तै नन्दीकेशर पन्त, महेन्द्र राष्ट्रिय मा.वि. बालुवाटार — मृदुला शर्मा, नेपाल आदर्श मा.वि., उर्मिला अधिकारी भण्डारी, श्रम राष्ट्रिय मा.वि., शशी सापकोटा, टंगाल मा.बि. — ईश्वरी बज्राचार्य, शान्ति शिक्षा मन्दिर मा.वि., थहिटी — .उषा पौडेल, जनकल्याण मा.वि. — ज्वालाप्रसाद यादव, परोपकार आदर्श मा.वि. — किरणध्वज श्रेष्ठ, सरस्वती निकेतन मा.वि. — विद्याकुमारी शाक्य, भानु मा.वि. — डायना श्रेष्ठ, नेपाल आदर्श मा.वि. — डा. गीता खरेल, रत्नराज्य मा.वि. बानेश्वर — विष्णुप्रसाद अधिकारी, पशुपति मित्र मा.वि. पनि दीर्घ सेवा पदकबाट सम्मानित हुनु भयो । यो पदक पाउनेहरुमा, रमेशप्रसाद दाहाल,नेपाल आदर्श मा.वि. — इश्वरी बस्नेत, कन्या मन्दिर मा.वि. न्यौखा — सुनिलरत्न तुलाधर, नेपाल राष्ट्रिय आधारभूत विद्यालय, सन्ध्या धिताल, बाल विकास आधारभूत विद्यालय — जनार्दन न्यौपाने, टंगाल मा.वि., राजन थापा, पद्मकन्या मा.वि., डिल्लीबजार र पुरुषोत्तम न्यौपाने, गीतामाता मा.वि. स्वयम्भू हुनुहुन्छ । उहाँहरुलाई मेयर शाक्यले पदक प्रदान गर्नुभएको थियो ।

यसमा तपाइको मत