वडा नंं २३ मा जेष्ठ नागरिक दिवा स्याहार केन्द्र स्थापना

पाको उमेरका मानिसलाई समाज व्यवस्थापनको अगुवा बनाइने — मेयर शाक्य

चन्द्रमणि भट्टराई
श्रावण २७

DSC_8453काठमाडौं । महानगरको वडा नंं २३ मा जेष्ठ नागरिक दिवा स्याहार केन्द्र स्थापना गरिएको छ । उमेर पाको भएपछि सोच तथा व्यवहारमा आउने परिवर्तनलाई पुस्तामा वोध गराउने तथा फरकपनलाई व्यवस्थापन गर्न यस प्रकारको केन्द्र खोलिएको हो ।

केन्द्रको उद्घाटन गर्दै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले, पाको उमेरका व्यक्तिहरुलाई समाज व्यवस्थापनको अगुवा बनाइने बताउनु भयो । पाको उमेर भएका व्यक्तिलाई बोझ मान्नु हुँदैन । यो अवस्था सबैले व्यहोर्नु पर्छ । त्यसैले भोलि मैले भोग्ने दिन कस्तो बनाउने भन्ने आजै निक्र्यौल गरेर त्यही अनुरुपको व्यवहार गर्न मेयर शाक्यले आग्रह गर्नुभयो । सामाजिक व्यवस्थाका सम्भावित जटिलता व्यवस्थापन गर्न मैले नीतिगत प्रवन्ध गरेको छु । रकम विनियोजन गरेको छु । मेयर शाक्यको भनाइ थियो । सोही सन्दर्भलाई सामाजिक विषयका रुपमा चर्चा गर्र्दै प्रदेश सभा सदस्य राजेश शाक्यले — काम गर्नेभन्दा आलोचना गर्नेको संख्या बढी भएकोले राम्रा कामले पनि सकारात्मक चर्चा पाउन नसकेको उल्लेख गर्नुभयो । साना तर स्थानीय जीवनमा महत्वपूर्ण प्रभाव राख्न सक्ने काम भएका छन् । ती कामको प्रभाव महसुस गर्ने गराउने दिशामा काम हुन आवश्यक रहेको शाक्यको भनाइ थियो ।

जेष्ठ नागरिकलाई हरेक ३ महिनामा तीर्थाटन गराउने योजनामा छु — वडाध्यक्ष महर्जन

DSC_8432कार्यक्रममा वडा २३ का वडाध्यक्ष मचाराजा महर्जनले आफ्नो वडाका जेष्ठ नागरिकलाई हरेक ३ महिनामा तीर्थाटन गराउने योजना सुनाउने भयो । पाको उमेरका व्यक्तिलाई दिनमा ल्याएर साँझसम्म धार्मिक तथा सामाजिक विषयका छलफलमा सहभागी गराउने, उहाँहरुको स्वास्थ्य परीक्षण गर्ने मेरो योजना हो, वडाध्यक्ष महर्जनले चर्चा योजना विस्तार गर्दै भन्नुभयो — जेष्ठ नागरिकलाई हिँडडुल गर्न अप्ठ््यारा बाटा तथा गल्लीहरुलाई मिलाउँछौं, चोक तथा गल्लीमा निरन्तर उज्यालो हुने व्यवस्था मिलाउँछौं । पूर्ववडाध्यक्ष पवित्र बज्राचार्य भन्नुहुन्छ — नागरिकले परिवर्तनको महसुस गर्ने बेला नै यहँी हो । पहिले जनप्रतिनिधि थिएनन् । त्यसैले नागरिकका सबै दुःख बुझ्ने बुझाउने अवस्था थिएन । अव त जनप्रतिनिधि आएका छन् । नागरिकले फरक महसुस गर्ने वातावरण तयार पर्नुपर्छ ।

जेष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गर्न ओलम्पस क्लब, नः बही समाजलगायत स्थानीय संघ संस्थाको पनि सहभागिता छ । केन्द्रमा दैनिक ७ जनासम्म पाका उमेरका मानिसहरु आउने अपेक्षा गरिएको छ । दैनिक ७० जनासम्मले सेवा लिन सक्नेछन्, वडाध्यक्ष महर्जनले आशा गर्नुभएको छ ।

 

 

यसमा तपाइको मत