जोखिम घटाउने प्रयासमा वडा १६

बिकासबाट हुन सक्ने बिनाशबाट जोगाउने प्रयास गर्दैछौं — वडाध्यक्ष रिजाल

चन्द्रमणि भट्टराई
श्रावण २३

DSC_8094काठमाडौं । खण्ड खण्डमा विकास त गरियो, तर त्यही विकासे काम अहिले स्थानीयको जीवन जोखिमको कारण बन्न थालेको छ । बुधबारबाट बिहान म्हेपी क्षेत्रको सडक बीचमा भएको विजुलीको खम्बा तथा जीर्ण रुखका हाँगा हटाउन पुग्नु भएको वडाध्यक्ष मुकुन्द रिजाल भन्दै हुनुहुन्थ्यो — आमुल परिवर्तनको खाँचो छ, भनेजस्तो काम गर्नै पाइएको छैन । उहाँको आक्रोश सडकका बीचमा भएको विजुलीको खम्बामा थियो । यो कसरी राखेको? सडकको बीचमा खम्बा राखेर गाडी कता गुडाउनु?

काम शुरु गरियो । जुद्ध बारुणयन्त्र कार्यालयबाट खटिएको टोलीले पोलबाट टेलिफोनको तार हटाउन थाल्यो । त्यत्तिकैका एक स्थानीय आएर सोध्न थाल्नुभयो? यो टेलिफोनको तार किन काटेको? उहाँको प्रश्न सिद्धिन नपाउँदै वडाध्यक्षले उत्तर फर्काउनु भयो — तार किन काटेको होइन, बिजुलीको खम्बामा टेलिफोनको तार किन राखेको? वडाध्यक्षको उत्तर सुनेर स्थानीय चुपचाप फर्किनुभयो ।

वडाको अगुवाईमा बुधबार बिहान ७ बजेदेखि ९ बजेसम्म सडकमा हिँड्दा हुन सक्ने जोखिम घटाउन खम्बा हटाउने तथा म्हेपी जङ्गलमा भएका ठूला रुखका जीर्ण हाँगा हटाउने काम भयो । यस काममा बारुण यन्त्र कार्यालयका प्रमुख बद्रीमान नगरकोटीको कमाण्डमा खोज तथा उद्धार टोली र नेपाली सेनाको विपद् व्यवस्थापन गणका सेनानी जीतबहादुर थापाको कमाण्डमा सेनाको टोली खटिएको थियो ।

राजधानी सहरको सडकमा हिँड्दा हिँड्दै कसैको ज्यान जोखिममा त पर्नु भएन नि, अव सडक किनारामा निर्माण सामाग्री राखेर काम गर्नेको रोडा पेलेर त्यहीँ सडकमा मिलाइदिन्छु, वडाध्यक्ष रिजाल, योजना सुनाउँदै हुनुहुन्थ्यो ।

 

 

 

 

यसमा तपाइको मत