मेयर शाक्यलाई — जापान सरकारको फोहोर व्यवस्थापन भ्रमणकालागि निम्तो

माघ ९

काठमाडौं । काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई जापानको वातावरण मन्त्रालयले फोहोर व्यवस्थापन अध्ययन भ्रमणकालागि निम्तो पठाएको छ । सोमबार यस व्यहोराको पत्र लिएर नेपालकालागि जापानका राजदूत मासासी ओगावा प्रमुख शाक्यको कार्यकक्षमा आउनु भएको थियो । 

निमन्त्रणा पत्र बुझ्दै प्रमुख शाक्यले काठमाडौंको सहरी सुविधा वितरणमा फोहोर व्यवस्थापन प्रमुख काम रहेको उल्लेख गर्दै यस प्रयोजनकालागि सहयोग गर्नेसँग साझेदारिता अघि बढाउन आफू तयार रहेको बताउनु भयो । उहाँको भनाइ थियो — विगतमा जापान सरकारले अनुसन्धान, क्षमता विकास, पूर्वाधार निर्माणलगायतका क्षेत्रमा सहयोग गरेको छ । यो निरन्तर रहन्छ भन्ने हामीले विश्वाश गरेका छौं । 

सो क्रममा राजदूत ओगावाले — जापानको कार्यशालामा उठेका विषय र कार्यशालाको निष्कर्ष काठमाडौंको फोहोर न्युनीकरण र ल्याण्डफिल साइटको व्यवस्थापनमा मार्गदर्शन बन्न सक्ने बताउनु भयो । १ घण्टासम्म भएको कुराकानीका क्रममा ओखरपौवा स्यानिटरी ल्याण्डफिल साइट निर्माण गर्दा जाइकामार्फत जापान सरकारले उपलब्ध गराएको सहयोग, गएको बर्ष भूकम्पपछि उत्पादन भएको फोहोर व्यवस्थापनमा जापनको वातावरण मन्त्रालयले नेपालमा गरेको कार्यशाला र त्यसबाट आएको निचोडलगायतका विषयमा समाबेश थिए । 

कार्यशाला र अध्ययन भ्रमण आउँदो फेव्रुवरी २६ तारिखदेखि मार्च २ तारिखसम्म जापानको टोकियोमा आयोजना हुनेछ ।

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत