दरबार हाइ स्कूल पुननिर्माणको औपचारिक शुरुवात्

सुरक्षित पूर्वाधारमा मात्र गुणस्तरीय शिक्षा सम्भव — शिक्षा मन्त्री पोख्रेल


चन्द्रमणि भट्टराई
श्रावण १८

DSC_7478काठमाडौं । रानीपोखरी पश्चिमतर्फ रहेको दरबार हाइस्कूल (भानु माद्यमिक विद्यालय) को पुननिर्माण शुक्रबारबाट औपचारिक रुपमा थालनी भएको छ । चीन सरकारको सहयोगमा पुननिर्माण हुने विद्यालयको, शिक्षा मन्त्री गिरीराजमणि पोख्रेलले शिलान्यास गर्नुभएको हो । सो अवसरमा बोल्दै मन्त्री पोख्रेलले — सुरक्षित र व्यवस्थित पूर्वाधारमा मात्र गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने धारणा व्यक्त गर्नुभयो । नेपाल सरकारले अघि सारेको सुखी नेपाली समृद्ध नेपालको सोच सार्थक बनाउन चीन सरकारको सहयोगले आफू उत्साहित भएको बताउँदै मन्त्री पोख्रेलले — चीन सरकारको सहयोगमा पुननिर्माण भइरहेका काठमाडौं बसन्तपुरको नौतले दरबार र नुवाकोट दरबारको प्रसङ्ग उल्लेख गर्नुभएको थियो ।

नेपालका लागि चीनका राजदूत यु होङ्ले, नेपालका प्रधानमन्त्री के. पि. शर्मा ओलीले भर्खरै सम्पन्न गर्नुभएको चीन भ्रमणले नेपाल र चीनबीच आपसी एकीकृत साझेदारिता र सहयोगका लागि नयाँ अध्याय शुरु भएको धारणा राख्दै चीन सरकारले नेपालको आर्थिक तथा सामाजिक विकासका लागि उपलब्ध गराउँदै आएको सहयोगलाई निरन्तरता दिइने बताउनु भयो । प्रकोप क्षति न्युनीकरण तथा प्रकोपको सामना गर्ने क्षमता बिकास गर्न प्रविधि, साधन श्रोत तथा क्षमता विकासका कार्यक्रम आफ्नो प्राथमिकतामा रहेको राजदूत होङ्को भनाइ थियो ।
समारोहमा महानगरकी कार्यवाहक मेयर हरिप्रभा खड्गी श्रेष्ठ, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल, नेपालका लागि चीनका इकोनोमिक एण्ड कमर्सियल काउन्सिलर, ज्याङ् फानलगायत पदाधिकारीहरुको सहभागी हुनुहुन्थ्यो ।

२०७२ सालको भूकम्पको कम्पनले जीर्ण बनेको दरबार हाइस्कूल पुननिर्माणको काम भुकम्पीय विपत्तिपछि चीन सरकारले नेपाललाई गरिरहेको सहयोगमध्येको एक हो । ४२०० स्क्वायर मिटरमा निर्माण क्षेत्र रहेको यस परियोजनामा ४ तले भवन बन्नेछ । ४० वटा कक्षाकोठासहित निर्माण हुने यस भवनको डिजाइन चीनको चाइना एभिएसन प्लानिङ् एण्ड डिजाइनिङ् इन्टिच्युटले गरेको हो । २० महिना निर्माण सम्पन्न लक्ष्य राखिएको भवन निर्माणको काम साङ्घाई कन्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडले गर्नेछ ।

 

 

यसमा तपाइको मत