माघ ८
काठमाडौं । काठमाडौं महानगरपालिकाले भवन इजाजत सम्बन्धी सेवाग्राहीसँग सम्बन्धित सूचना एसएमएसबाटै पठाउन थालेको छ । माघ ७ गते शुरु गरिएको यो सेवाबाट पहिलो दिनमा ३२ जना सेवाग्राही लाभान्वित भए । यो अटोमेटिक प्रणाली हो । सेवाग्राहीलाई सूचना पठाउने या नपठाउने भन्ने मान्छेले निर्णय गर्ने होइन, यो काम सफ्टवेयर आफैंले गर्ने भएकोले निर्णय हुनासाथ सेवाग्राहीको मोवाइलमा सूचना जान्छ — सेवाका विषयमा सूचना प्रविधि महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिनुभयो ।
यस प्रणालीबाट, नक्सा दर्ता गर्ने सेवाग्राहीको मोवाइलमा — नक्साको अस्थायी स्वीकृति (भुइँतला सम्मको), स्वीकृति (पूरै भवनको), निर्माण सम्पन्न वा कुनै कारणबश नक्सा स्वीकृत गर्न नमिल्ने भए सो सम्बन्धी जानकारी पठाइन्छ । यो सेवामा एउटा दर्ता नम्बरकालागि एउटा मोवाइल नम्बरमा एसएमएस पठाउन सकिन्छ । प्रणालीका विषयमा जानकारी दिँदै प्रविधि शाखा प्रमुख राम सापकोटा भन्नुहुन्छ — एसएमएस प्रयोजनकालागि सम्बन्धित घर धनीले आफ्नो नम्बर दिनुपर्छ । नक्सा निर्माण गर्ने इन्जिनियर वा नक्सा पास गर्ने काममा पठाइने वारेसको नम्बर राख्दा कार्यालयले निर्णय गरेको समयमा पहिलो लाभग्राही सूचनाबाट बञ्चित हुन्छ ।
ट्र्याकिङ् सिस्टम पनि छ — सेवाग्राहीले प्रयोगमा ल्याउनु प¥यो
विद्युतीय नक्सा पास सम्बन्धी प्रणालीमा ट्र्याकिङ् सिस्टम पनि छ । नक्सा दर्ता गर्दा प्राप्त भएको रजिष्ट्रसन नम्बर प्रणालीमा राखेपछि आफ्नो फाइल कुन टेवलमा पुगेको छ । कुन टेवलमा कति समय अड्कियो? नक्सा पास हुने प्रणालीमा अव कति वटा टेवलमा पुग्न बाँकी छ । घरमै बसेर हेर्न सक्छ । प्रणाली छ, तर उपयोग गर्नेको संख्या कम छ । सेवाग्राही सचेत भए भएर प्रणालीको प्रयोग गर्ने हो भने नक्सा पाससँग सम्ब्न्धित धेरै गुनासाको समधान हुन्छ । प्रविधि शाखा प्रमुख राम सापकोटाको विश्वाश छ ।
महानगरको यो सेवालाई नेशनल पोर्टलमा जोड्ने प्रयास भइरहेको छ । हामी विद्युतीय शासनको कार्यान्वयनलाई पहिलो काम ठानेर अघि बढिरहेका छौं । महाशाखा प्रमुख काफ्ले बताउनुहुन्छ ।
प्रविधिको प्रयोग नहुञ्जेल महानगरले प्रदान गर्ने सेवामा — भवन नक्सा पास प्रक्रियालाई सबैभन्दा झन्झटिलो, बढी गुनासो भएको र अपारदर्शी सेवाका रुपमा लिने गरिन्थ्यो ।
ट्र्याकिङ् सिस्टम छ, नागरिकले प्रयोग गरेका छैनन्