एचआइभि एड्स, क्षयरोग र मलेरियालेभन्दा हेपाटाइटिस बि र सि का कारण धेरै मानिसको मृत्यु

हेपाटाइटिस नियन्त्रण, विश्वको एउटै चासो नारासहित शनिवार विश्व हेपाटाइटिस दिवस मनाइँदै

चन्द्रमणि भट्टराई
श्रावण १२

37838878_10155905728153198_798173251955064832_nकाठमाडौं । शनिबार विश्व हेपाटाइटिस दिवस मनाइँदैछ । हरेक बर्षको जुलाइ २८ तारिखका दिन मनाइने यस दिवस मनाउनुको मुल ध्येय, संक्रामक भाइरसबाट बच्न सचेतना अभिवृद्धि गर्नु रहेको छ । यस संक्रमणबाट मृत्यु हुने मानिसको संख्या एचआइभि एड्स, क्षयरोग र मलेरियाले हुने मृत्युभन्दा बढी रहेको छ । तथ्याङ्कले अझ डरलाग्दो कुरा के देखाएको छ भने कलेजोको क्यान्सरबाट मृत्यु हुने ३ जनामध्ये २ जनाको मृत्युको कारण हेपाटाइटिस बि र सि को संक्रमण हुनु हो । त्यस्तै क्यान्सरबाट हुने १२ मृत्युमध्ये १ मृत्यु कलेजोमा क्यान्सर हुनु हो । तथ्याङ्क बताउँदै ग्राण्डी इन्टरनेशनल अस्पतालका डा. अखिलेसकुमार काश्यप भन्नुहुन्छ — यो समस्याले नेपालका धेरै मानिसलाई सताएको छ । यसैकारण आर्थिक र पारिवारिक समस्या बढाएको छ । त्यसैले समयमै हेपाटाइटिसको संक्रमणबाट बच्ने उपाय खोज्नु पर्छ ।

विश्व स्वास्थ्य संगठन हेपाटाइटिसका बारेमा लेख्छ — हेपाटाइटिस बि र सि विस्तारै लक्षण देखाउने जटिल प्रकारको संक्रमण हो । यसको परीक्षण र उपचार ढिला भएका कारण हेपाटाइटिस भएका विरामीमध्ये ६० प्रतिशत बिरामीमा कलेजोको क्यान्सर हुन्छ । यही ढिलाईले सन् २०३० भित्र विश्वलाई हेपाटाइटिसमुक्त बनाउन चुनौती सृजना गरेको छ ।

Heविश्व स्वास्थ्य संगठनले, हेपाटाइटिस परीक्षण र उपचारबाट यसको निर्मुलीकरण नारासहित यस बर्षका विभिन्न कार्यक्रम आयोजना गरेको छ । यसको संक्रमनणबाट बच्न नारामार्फत विश्वभर सूचना पु¥याउने उद्देश्यले मंगोलिया सरकारले अन्तरराष्ट्रिय स्तरको कार्यक्रम आयोजना गरेको छ । यस कार्यक्रममा विश्वभरबाट उच्च स्तरीय नेता, अभियानकर्ता, स्वास्थ्यकर्मी र विरामीका प्रतिनिधि सहभागी भएका छन् ।

तथ्याङ्क भन्छ — संसारभरका ३० करोडभन्दा बढी मानिसहरुलाई आफू हेपाटाइटिसबाट संक्रमित भएको पत्तो छैन । यसको खोपलाई नेपाली एक हजारभन्दा कम रुपैयाँ पर्छ तर विश्वका ४८ वटाभन्दा बढी देशका बालबालिकालाई अझै पनि यो खोप दिइएको छैन ।

नेपालको कुल जनसंख्याको ०.९ प्रतिशत अर्थात् करीव २ लाख ५० हजार मानिसहरुमा हेपाटाइटिस बि र लगभग १ लाख ३० हजार मानिसमा हेपाटाइटिस सि रहेको अनुमान गरिएको छ ।

 

यसमा तपाइको मत