मानसिक स्वास्थ्यका लागि एक बर्षे नमूना परियोजना घोषणा गर्दै, अमेरिकन नेपाली नर्सहरुको सम्मेलन सकियो

पेशाकर्मीको क्षमताले मात्र गुणस्तरीय सेवा

चन्द्रमणि भट्टराई
श्रावण १०


Classesकाठमाडौं । उपचारात्मक स्वास्थ्य सेवा लिनु अघि अवलम्बन गरिनु पर्ने नियन्त्रणात्मक विधिको प्रवर्धन गर्दै आएको अमेरिकन नेप्लिज नर्सेस सोसाइटीले ३ दिने सम्मेलन आइतबार सम्पन्न भयो । निःशुल्क स्वास्थ्य परीक्षण, आपसी अनुभव आदान प्रदान, मानसिक स्वास्थ्यका लागि १ बर्षे नमूना परियोजना घोषणासँगै नयाँ लक्ष्य पूरा गर्ने प्रतिवद्धताका साथ अमेरिकाको मनासासमा श्रावण ४ गते शुरु भएको सम्मेलन ६ गते सम्पन्न भएको हो । सो अवधिमा स्वास्थ्य परीक्षण, नर्सहरुको शैक्षिक र पेशागत क्षमता विकासका लागि कार्यपत्र प्रस्तुती, त्यसमाथि टिप्पणी तथा छलफल भएका थिए ।

आम नागरिकको व्यवहारगत एवं शारीरिक स्वास्थ्य समस्या र समाधानका उपाय खोजी गर्ने विषयलाई केन्द्रीत बनाएर तयार पारिएका कार्यपत्रमा आचरणजन्य स्वास्थ्य समस्या र निराकरणका उपाय खोजिएका थिए । सो क्रममा डा. महेश्वर वैद्यले कार्डियोभास्कुलरका विषयमा प्रस्तुती गर्नुभएको थियो भने डा. नारायण धरेलले कोलोन (ठूलो आन्द्रा) को क्यान्सर, मार्क गोल्डस्मले तनाव व्यवस्थापनका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

Conventionकार्यक्रममा धाणा राख्ने क्रममा अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुन कार्कीले, नेपाली नर्सहरुले विभिन्न देशमा गएर स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानले धेरै मानिस लाभान्वित भएको धारणा राख्दै यस पेशाको मर्यादा बचाउन थप शशक्त कार्यक्रम गर्न सुझाव दिनुभयो । नसर्ने खालका रोगबाट थलिएको विश्वलाई बचाउन, नर्सिङ् पेशा अपनाएका पेशाकर्मीले, प्रवर्धनात्मक र निदानात्मक बिधिलाई प्रोत्साहन गर्नुपर्छ, राजदूत कार्कीको भनाइ थियो । कार्यक्रममा धारणा राख्ने क्रममा डा. गुणराज सुवेदी, डा. महेश्वर वैद्य, हरि शर्मालगायतका बक्ताले — उपचार छ भनेर गरिएका मानवीय आचरणगत त्रुटीले निम्तिन सक्ने खतराप्रति बेलैमा सचेत गराउने कार्यक्रमको खाँचो देखाउनुभयो ।
सम्मेलनमा स्वास्थ्य परीक्षण तथा परामर्शका कार्यक्रम सञ्चालन गरिएका थिए । यस अन्तर्गत पोषण शिक्षा, प्राथमिक उपचार, दाँत र मुखको स्वास्थ्य, रक्त चाप परीक्षण, मधुमेह र कोलेस्ट्रोल पहिचानका लागि रक्त परीक्षण गरिएको थियो भने ५० देखि ७५ बर्ष उमेर समूहका जेष्ठ नागरिकका लागि कोलोन क्यान्सर परीक्षण गरिएको थियो । यसरी सञ्चालित कार्यक्रमबाट करीव ५०० जना व्यक्तिले सेवा लिएका थिए ।

सोही अवसरमा स्वास्थ्य सेवाको प्रवर्धनमा काम गर्ने तथा संस्थाको सार्वजनिक छवि बढाउन सहयोग पु¥याउनु हुने संघ संस्था तथा व्यक्तिलाई सम्मान तथा प्रशंशा पत्र प्रदान गरिएको थियो । यसरी सम्मानित हुने संघ संस्थामा डिसि नेपाल, मदर नेपाल डट कम, सगरमाथा टेलिभिजन, इनेप्जिज डट कम रहेका छन् भने व्यक्तिगततर्फ डा. महेश्वर वैद्य, डा. गुणराज सुवेदी, डा. नारायण धरेल, गंगा महत, लक्ष्मण महत, हरि शर्मा, रीता तिवारी, अशोक भटेल, र विभा गौत्तम हुनुहुन्छ ।

सम्मेलनका क्रममा आयोजना गरिएको रकतदान कार्यक्रममा ३० जना व्यक्तिले रक्तदान गर्नुभएको थियो ।

व्यक्तिलाई प्राप्त हुने खुशीमार्फत स्वस्थ्य जीवनको प्रवर्धनका लागि व्यक्तिगत क्षमता प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमलाई पनि समेटिएको थियो । यसमा सहभागीहरुले कविता तथा गजल बाचन, गायन तथा नृत्य प्रस्तुत गरेका थिए ।

सम्मेलनमा नेपालबाट अमेरिका गएर नर्सिङ् पेशामा आवद्ध स्वास्थ्यकर्मी, स्वास्थ्य विषय अध्ययन अध्यापन हुने स्थानीय विश्वविद्यालयका प्रतिनिधि, भर्निनियाँ नर्सेस एशोशिएसनलगायत पेशाकर्मीहरुका संघ संस्थाका प्रतिनिधि तथा विशेषज्ञ स्वास्थ्य प्रदायक संस्थाबाट स्वास्थ्यकर्मीहरुको बाक्लो उपस्थिति थियो ।

Tags

SANN

यसमा तपाइको मत