आवधिक, मध्यकालीन र गुरुयोजनासहित सहरी योजना आयोगका २१ वटा कार्यक्रम

सहभागिता र दिगोपनाका आधारमा कार्यक्रम — सदस्यसचिव

चन्द्रमणि भट्टराई
श्रावण ८

DSC_0020काठमाडौं । काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगले तत्काल शुरु गर्ने देखि आलु आर्थिक बर्षको अन्त्यसम्ममा समाप्त गर्ने गरी २१ वटा कार्यक्रम अघि बढाउने भएको छ । यसरी तत्काल शुरु हुने कार्यक्रममा (श्रावण १ गतेदेखि नै शुरु भएको) करिअर क्याम्पदेखि, स्मार्ट टेक्नोलोजी कम्पिटिसन, तथ्याङ्क केन्द्र स्थापना, दूरदृष्टि २१०० को तयारी, प्रशासनिक सुधारदेखि सामुदायिक कार्यक्रमको मुल्याङ्कनसम्मका विषयमा समेटिएका छन् । त्यस्तै अनौपचारिक क्षेत्र सुधार, वातावरणीय अध्ययन अनुसन्धान, साझेदारी विकास, सामुदायिक स्वास्थ्य सेवा तथा फार्मेसी सेवा सञ्चालन, पुरात्तात्विक सम्पदाको डिजिटल अर्काइभ, महानगरपालिकाको गुणस्तरीयता सम्बन्धी मापदण्ड, न्यून आय भएका परिवारको लागि भाडाघर निर्माण सम्बन्धी अध्ययन, महानगर बण्ड सम्बन्धी अध्ययन, सहरी यातायात सुधार सम्बन्धी अध्ययन, साइकल ट्र्याक डिजाइन, सार्वजनिक संरचना मर्मत वाहन सञ्चालन अध्ययन, परियोजना बैैंक निर्माण जस्ता कार्यक्रम रहेका छन् । कार्यक्रमका विषयमा जानकारी दिँदै आयोगका सदस्य सचिव सरोज बस्नेत भन्नुहुन्छ — यसै बर्ष महानगरबासीलाई तत्काल सुधार महसुस गराउने तथा सहरी समृद्धिका दिगो प्रभाव राख्ने कार्यक्रम थालनी गर्दैछौं ।

के गरिन्छ? कसरी गरिन्छ?
कामठाडौं महानगरको समृद्धि र गुणस्तरीय जीवन पद्धतिका लागि २०७४÷०७५ मा भएका कामलाई आयोगले काम गर्ने आधार बनाउने भएको छ । सम्पन्न आ. व. का कामको समीक्षा गरेर सिकाइ र उपलब्धीलाई संस्थागत गर्ने योजना छ । सदस्य सचिव बस्नेत भन्नुहुन्छ — विगतलाई हेरेर सिकाइ संस्थागत गर्छौ । आवधिक तथा क्षेत्रगत गुरुयोजना बनाउँछौं । यी योजना समेटेर दूरदृष्टि २१०० का लक्ष्य निर्धारण हुनेछन् ।

 

यसमा तपाइको मत