काठमाडौंको फोहोर व्यवस्थापनमा नेपवेस्टको परियोजना विकास सम्झौता लगानी बोर्डबाट स्वीकृत

चन्द्रमणि भट्टराई
श्रावण २

Press काठमाडौं । प्रधानमन्त्री के. पि. शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको लगानी बोर्डको ३१ औ बैठकले काठमाडौं उपत्यकाको एकीकृत फोहोरमैला व्यवस्थापन परियोजना अन्तर्गत पहिलो प्याकेजको परियोजना विकास सम्झौता स्वीकृत गरेको छ । यस प्याकेजको विकासकर्ता नेपवेस्ट कम्पनी प्रा. लि. सँगको वार्ता पश्चात् सम्झौता स्वीकृत भएको हो ।

यस प्याकेजमा काठमाडौं जिल्लाका कीर्तिपुरबाहेक महानगरसहितका सबै नगरपालिका समेटिन्छन् । यसरी समेटिने नगरपालिकामा दक्षिणकाली, चन्द्रागिरी, नागार्जुन, तारकेश्वर, टोखा, बुढानिलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनोहरा, र शंकरापुर नगरपालिका रहेका छन् ।

बैठकले, पश्चिम सेती जलविद्युत आयोजनाको शीघ्र कार्यान्वयनका लागि अर्थ मन्त्रालयर जलश्रोत तथा सिँचाइ मन्त्रालयको समन्वयमा विकासकर्ताचाइना थ्री गर्ज इन्टरनेशनल कर्पोरेशनसँग कुरा गरी २ महिलनाभित्र निष्कर्षमा पुग्न निर्देश गरेको छ । त्यस्तै सौर्य उर्जा उत्पादन तथा व्यवस्थापन परियोजनाका लागि डोल्मा फण्ड म्यानेजमेन्टलाई २० करोड अमेरिकी डलर बराबरको बैदेशिक लगानी स्वीकृत गरेको छ ।

वैठकमा प्रधानमन्त्री, बोर्डका उपाध्यक्ष तथा अर्थमन्त्री, बोर्डका सदस्य मन्त्रीहरु, प्रदेश नं. ३ का मुख्य मन्त्री राष्ट्र बैङ्कका गभर्नर, सम्बन्धित मन्त्रालयका सचिवहरु र बोर्डमा निजी क्षेत्रबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको उपस्थिति थियो ।

 

 

यसमा तपाइको मत