आचरणजन्य रोगको नियन्त्रण अभियानमा ः अमेरिकी नेपाली नर्स समाज

नसर्ने रोग विश्वव्यापी समस्या, मिलेर सामना गर्नुपर्छ

चन्द्रमणि भट्टराई
श्रावण १

काठमाडौं । अमेरिकी नेपाली समाज अहिले दुवै देशमा स्वास्थ्य क्षेत्रको प्रवर्धनात्मक अभियानमा सक्रिय बनेको छ । आचरणजन्य समस्याबाट मानिसले मृत्युवरण गरिरहेको छ । त्यसैले नेपालीमा प्रचलित उखान “रोग लाग्नुभन्दा रोगको बाटो छेक्नु नै जाति” भन्ने उक्तिलाई समाजले बाटो बनाएको छ । समाजकी अध्यक्ष मञ्जु संग्रौला भन्नुहुन्छ — जति बढी सुविधा, त्यति बढी समस्या छन् । समस्या आइ लागेपछि समाधानको बाटो खोज्न थाल्नुभन्दा परामर्श र छलफलबाट सम्भावित खतरा टार्न सकिन्छ भने त्यतै तिर लागौ भन्ने हाम्रो भनाइ हो ।

sannनसर्ने खालका रोगबाट धेरै मानिसले ज्यान गुमाउन थालेपछि समाजले उपचारात्मक पद्धति अघि अवलम्बन गर्नुपर्ने विधिको प्रवर्धन थालेको हो । यसमा अमेरिका गएर बसिरहेका नेपालीहरुको स्वास्थ्य सजगताका लागि छलफल अन्तरक्रिया र सूचना आदान प्रदानको काम हुने गरेका छन् ।

यसरी सञ्चालन हुने अभियानको प्रभावकारिताका लागि स्वास्थ्यकर्मी र नर्सको सञ्जाल विकास हुुन तथा व्यक्तिको स्वास्थ्य जाँच गराएर समस्या पहिचान एवं पूर्वानुमान गर्न आवश्यक छ । अध्यक्ष संग्रौला भन्नुहुन्छ — आपसी ज्ञान, सीप र क्षमता तथा सिकाइ आदान प्रदान गर्न श्रावणको ५ र ६ गते दोश्रो सम्मेलन गर्दैछौं । अमेरिकाको भर्जिनियाँमा हुने सम्मेलनमा मधुमेह, क्यान्सर र सामान्य स्वास्थ्यका विषयमा कार्यपत्र प्रस्तुत हुने तथा छलफल गरिने कार्यक्रम छ । उहाँका अनुसार, रगत जाँच तथा रक्तदान, पौष्टिकता सम्बन्धि परामर्श, दाँत तथा मुखको परीक्षण, सकारात्मकताका प्रवर्धन (वेल विइङ् इनिसिएटिभ्स), मानसिक स्वास्थ्यका अन्तरपक्षमा छलफल गर्ने अनुभव आदान प्रदान गर्ने जस्ता कार्यक्रम हुनेछन् ।

कार्यक्रमका विषयमा जानकारी गराउने क्रममा अध्यक्ष संग्रौलाले भन्नुभयो — यो विश्वव्यापी समस्या हो । समुदायलाई स्वस्थ्य बनाउन पेशाकर्मीले नेतृत्व लिउँ ।

 

Tags

SANN

यसमा तपाइको मत