धरान उपमहानगरका मेयर तारा सुब्बाको निधन

अन्तिम संस्कारका लागि धरान लैजाने तयारी हुँदै

चन्द्रमणि भट्टराई
श्रावण १

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तारा सुव्वाको ५२ बर्षको उमेरमा मंगलबार निधन भएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत मेयर कलेजो सम्बन्धी समस्यामा हुनुहुन्थ्यो । ३ बर्ष अघि कलेजो प्रत्यारोपण गरिएपछि, उहाँको नियमित उपचार चलिरहेको थियो । यहाँ निदान अस्पतालको उपचाररत रहेकै अवस्थामा साइटोमेगालो नामक भाइरसका कारण श्वाशप्रश्वास सम्बन्धी समस्या देखिएपछि ग्राण्डी अस्पताल लगिएको थियो । उपचारका क्रममा उहाँको ग्राण्डी अस्पतालमा नै निधन भएको हो । उहाँका श्रीमति र १ छोरा हुनुहुन्छ ।

धरान १७, रमाइलो चोक घर भएका मेयर सुब्बाको अन्तिम संस्कार धरानमै गर्ने तयारी हुँदै गरेको धरान उपमहानगरकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले जानकारी दिनुभयो । अहिले काठमाडौंबाट धरान ल्याउने तयारी भइरहेको छ । उहाँका केही आफन्त विदेश हुनुहुन्छ । उहाँहरु आइसकेपछि अन्तिम संस्कार हुनेछ, उपप्रमुखको भनाइ छ ।

 

Tags

Tara Subba

यसमा तपाइको मत