ज्यापु महागुथिद्धारा २९५ जना उच्च शिक्षा हासिल गर्नेहरुलाई सम्मान

 

ज्यापु महागुथि नेपाः, यें महानगर समितिले आफ्नो कार्य क्षेत्र महानगर भित्रको परम्परागत ६३ टोलका ज्यापु समुदायबाट स्नातकोत्तर गर्ने २९१ जना, एमफिल गर्ने १ जना र पिएचडी गर्ने ३ जना गरी जम्मा २९५ जना उच्च शिक्षा हासिल गर्नेहरुलाई यही २०७५ असार २३ गते काठमाडौंमा एक भव्य समारोह बीच सम्मान गरिएको छ । प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले सम्पुर्णलाई सम्मानपत्र मार्पmत सम्मान गरिएको थियो । यस कार्यले उच्च शिक्षा हासिल गर्नेहरु सबैको सामु परिचित हुने भएकोले उनीहरुको हौसला बढ्ने भएको हुँदा उच्च मनोबलका साथ अझ अगाडी बढ्ने विश्वास व्यक्त गर्नुभयो । यस्तो उदाहरणीय कार्य अरु जातिले पनि अनुशरण गर्नुपर्ने बताउनु भयो ।


यसरी सम्मान गर्ने कार्य ५/५ वर्षको फरकमा गर्ने योजना छ । यो भन्दा पहिला २०६९ चैत्र महिनामा यसरी सम्मान गरेका थियौं । त्यो बेला २४२ जना सहभागी रहेको ज्यापु महागुथि शिक्षा विभागका प्रमुख ज्ञानीबाबु सिंह बताउनु हुन्छ । उच्च शिक्षा हासिल गर्नेहरुको लगत तयार गर्ने, ५ वर्षको अन्तरालमा शैक्षिक प्रगतिको अवस्था थाहा पाउने, विद्यार्थीको हौसला बढाउने नै कार्यक्रमको मुख्य उद्देश्य रहेको प्रमुख सिंह बताउनु हुन्छ । ६३ टोल मध्ये ४९ टोलको सहभागिता रहेका समेत वहाँ बताउनु हुन्छ ।


सभापतित्वको आशनबाट महानगरसमितिका अध्यक्ष बाबुराजा महर्जनले ज्यापु जातिको उन्नतिको लागि २०५० सालमा ज्यापु महागुथि स्थापना गरी विभिन्न गतिविधि गर्दै आइरहेको बताउनु भयो ।
कार्यक्रममा ज्यापु महागुथिका संरक्षक, केन्द्रीय अध्यक्ष, ६३ टोलका गुरु, नायः कजि तथा प्रतिनिधि लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

 

यसमा तपाइको मत