नागरिक सेवा सन्तुष्टिमा कर्मचारीको क्षमता मापन हुन्छ — प्रमुख प्रशासकीय अधिकृत कोइराला

सकेको छिटो सेवा वितरण गर्ने बाटोमा महानगर

चन्द्रमणि भट्टराई
असार २६

DSC_4682काठमाडौं । नागरिकलाई सकेको छिटो सेवा दिन लक्ष्य पूरा गर्न अघि बढेको महानगरले प्रविधिको प्रयोगलाई प्रोत्साहन गरिरहेको छ । सेवा प्रदायक र सेवाग्राही दुवैले प्रविधिको प्रयोग गर्न सके नागरिक बसेकै ठाउँमा सेवा पु¥याउन सकिने भएकोले महानगरले प्रविधिको प्रयोगलाई बढाएको हो । यसै सिलसिलामा वडा सचिवहरुका लागि प्रविधि सञ्चालन सम्बन्धि ३० दिने तालिम सोमबार सम्पन्न भएको छ । एमएस अफिस प्याकेज २०१३ का कार्यक्रमहरुमा वर्ड, एक्सल र पावर प्वाइन्ट इन्स्टल गर्न, सञ्चालन गर्न देखि सेवा व्यवस्थापनमा आवश्यक पर्ने सूचना प्रविधिको उच्चतम उपयोग गर्ने ज्ञान तथा सीप प्रदान गरिएको तालिमपश्चात् सकेसम्म नागरिकको मोवाइलमा महानगरका सेवा पु¥याउने महानगरको लक्ष्य हो ।

अव पनि सार्वजनिक सेवा लिन कुरेर बस्नु प¥यो भने त्यो दुखद हुनेछ तालिम समापनका अवसरमा महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले वडा सचिवहरुसँग भन्नुभयो — छोटो समयमा गुणस्तरीय सेवा दिन सक्ने कर्मचारी आजको आवश्यकता हो । आफूलाई त्यसैअनुरुप परिवर्तन गर्नुहोस् । यहाँले थप्दै भन्नुभयो — तपाई सरकारको बिम्ब हो । तपाईँले नागरिकलाई परिवर्तनको महसुस गराउन सक्नुपर्छ ।

सेवा व्यवस्थापनको सामयिक सुधारका लागि मानव संशाधन विकास महाशाखाले विषयगत तालिम र क्षमता विकासका कार्यक्रम सञ्चालन गरिरहेको छ । कर्मचारीलाई समय अनुकुल बनाएर परिवर्तित व्यवस्था अनुकुल बनाउँदैछौं, तालिमका संयोजक एवं मानव संशाधन महाशाखा प्रमुख नमराज ढकालले — प्रविधि समयको माग भएकोले क्षमता विकासका कार्यक्रममा प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखिएको बताउनु भयो ।

कार्यक्रममा सहभागीकातर्फबाट धारणा राख्दै — वडा नं. ७ का सचिव कविता राई र ३१ का सचिव सुरेश साहुले, कर्मचारीलाई प्रविधिका आधारभूतदेखि विशिष्ट ज्ञान दिन र ज्ञान प्रयोग गर्ने कार्यालयीय वातावरण तयार गर्न आग्रह गर्नुभयो । प्रविधि र सेवा दुवै परिवर्तनशिल छन् । यिनीहरुको विकास र व्यवस्थापनमा अभ्यस्त हुनु पर्छ । यसकालागि सामयिक क्षमता विकासका कार्यक्रम जरुरी छन्, उहाँहरुको साझा भनाइ थियो । काठमाडौंलाई स्मार्ट सिटीका रुपमा विकास गर्न डिजिटल लिटिरेसी चाहिन्छ, यो कामको शुरुवात् कर्मचारीबाट हुनु सुखद पक्ष हो, तालिमको प्राविधिक सहयोगी संस्था एफ टेककातर्फबाट धारणा राख्दै विजय सत्यालले कुरा राख्नुभएको थियो ।

 

यसमा तपाइको मत