आपतका आवाज कसरी सुन्ने? कसरी सुनाउने?

दैवी विपत्ति भए पनि क्षतिको कारण मानवीय हुन सक्छ

चन्द्रमणि भट्टराई
असार २५

DSC_4635काठमाडौं । सामान्य दिन हेरेर हरेक दिन यस्तै हुन्छन् भन्ठान्नु हुँदैन । विपत्ति जसलाई जहिले पनि पर्न सक्छ । त्यसको सामना गर्न पूर्व तयारी चाहिन्छ । त्यसैले, सम्भावित विपत्तिको कुरा गरौं र सामना गर्ने संयन्त्र निर्माण गरौं । विपत्तिका वेलामा आपतका परेको व्यक्ति खोज्न, उसको आवाज सुन्न प्राकृतिक अवस्था बाहेक अन्य सबै उपाय विच्छेद हुन सक्छन् । त्यो अवस्थालाई पूर्वानुमान गरेर योजना तथा क्षति न्युनीकरणका काम गर्नु पर्छ । सोमबार काठमाडौंको राष्ट्रिय सभा गृह परिसरमा रहेको महानगर आपतकालीन सञ्चालन केन्द्रमा सञ्चालन भइरहेको अनुशिक्षणमा छलफलको मुख्य विषय थियो । विषयमा बोल्दै विपद व्यवस्थापन विभागका प्रमुख इन्द्रमान सिंह सुवाल भन्दैहुनुहुन्थ्यो — आपतमा मोवाइल नचल्न सक्छ, पानी नहुन सक्छ, खानेकुरा नहुन सक्छ । महिला, पाका उमेरका मानिस र बालबालिकाहरु खतरामा हुन सक्छन् । यो अवस्थाको जुनसुकै बेला पनि सामना गर्नु पर्ने हुन सक्छ भन्ने सोच्नु पर्छ । महानगरकै विपद व्यवस्थापन महाशाखा प्रमुख धनपति सापकोटाका अनुसार — विपत्तिमा मानिस आफ्नै कारण धेरै क्षति बढाउँछ । प्राकृतिक रुपमै आउने कतिपय विपत्तिका समयमा मानिस आफूले आफैंलाई वचाउन सक्ने अवस्था हुन्छ । तर संयमता नभएर, हेलचेक्¥याई गरेर जोखिम बढ्छ ।

महानगरको विपत् व्यवस्थापन विभागको आयोजनामा वडा विपत् व्यवस्थापन नागरिक सुरक्षा समितिका पदाधिकारीका लागि सञ्चालन भएको अनुशिक्षणमा विपद् व्यवस्थापनका कानूनी प्रावधान, समितिले गर्ने काम, वडाको वस्तुगत अवस्था र नागरिक सुरक्षाका केन्द्रीत थियो । यस अघि वडा नं. ७ र १२ का समितिलाई यस प्रकारको अनुशिक्षण प्रदान गरिसकिएको छ भने आजको तालिममा वडा नंं २१ का पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।

यस प्रकारको वडा स्तरीय समिति ९ सदस्यीय हुने व्यवस्था छ । जसको संयोजकमा वडाध्यक्ष वा वडाध्यक्षले तोकेको वडा सदस्य रहने व्यवस्था छ । समितिमा उपाध्यक्ष, सचिव र कोषाध्यक्ष भने नेपाल रेडक्रस र सामुदायिक प्रहरीबाट प्रतिनिधित्व हुने पदेनसहित ५ जना सदस्य रहन्छन् । यससँगै हरेक वडामा २५ जनादेखि ४० जनासम्म स्वयम्सेवक रहन सक्ने व्यवस्था छ ।

वडामा गठन हुने समितिको काम सञ्चालन गर्न हरेक वडामा १ लाख रुपैयाँ छुट््याइएको छ । यो रकमबाट क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने, जनचेतनामुलक काम गर्ने, विपद् व्यवस्थापन गर्ने ौजार तथा उपकरण एवं सुरक्षा उपकरण खरिद गर्ने काम गर्न सकिने छ ।

 

 

 

यसमा तपाइको मत