बेनीको धिमे बाजा प्रशिक्षणमा महिलाहरु बढी आकर्षित

म्याग्दी जिल्लाको बेनीबजारमा १ महिने धिमे बाजा प्रशिक्षण यही असार १७ गते एक समारोह बिच समापन गरिएको छ । नेपाल भाषा मंकाः खलः म्याग्दी अन्तर्गत मैजु खलःको आयोजनामा सम्पन्न सो प्रशिक्षणमा सहभागी ३० जना मध्ये २० जना महिला रहेको मैजु खलःका सचिव सुगम श्रेष्ठ बताउनु भएको छ ।
सभाका सभापति आयोजक मैजु खलःया अध्यक्ष तुलसीलता श्रेष्ठले १ महिना भित्रमा यति ठूलो संख्यामा वाद्यवादक उत्पादन भएकोमा सन्तुष्टि व्यक्त गर्नुभयो । नेपालको कला संस्कृति संरक्षण गर्न यस प्रशिक्षणले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनु भयो ।
प्रशिक्षण कार्यक्रममा आर्थिक सहयोग गर्न पाएकोमा बेनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एवं प्रमुख अतिथि राजेन्द्र कुमार श्रेष्ठले सन्तोष व्यक्त गर्नुभयो । आगामी आर्थिक वर्षमा समेत कला संस्कृति संरक्षणको लागि थप बजेतको व्यवस्था गर्ने बताउनु भयो
नासः सृष्टि कलाका अध्यक्ष एवं वाद्यगुरु धर्म मुनिकारले नेपालको कला संस्कृति बाजागाजा संरक्षणको लागि लामो समय देखि अभियान कै रुपमा प्रशिक्षण दिंदै आएकोमा बेनीको लागि प्रशिक्षक सज्ञेन महर्जनले धिमे बाजा र बाँसुरी बाजाको राम्रै प्रशिक्षण दिएकोमा सन्तोष व्यक्त गर्नुभयो ।
नेपाल भाषा मंकाः खलःको अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले २०४९ साल देखि नेपालभाष मंकाः खलः स्थापना गरी नेवारहरुको कला संस्कृति नाचगान संरक्षण गर्दै आइरहेको बताउनु भयो ।
कार्यक्रममा मंकाः खलःका सल्लाहकार प्रकास कुमार श्रेष्ठ र ल्याय्म्ह पुचःका अध्यक्ष सुबिन श्रेष्ठले पनि बाजा प्रशिक्षण वारे आआफ्नो मन्तब्य राख्नु भएको थियो ।
मैजु खलःका उपाध्यक्ष रजनी कर्माचार्य श्रेष्ठले स्वागत मन्तब्य राख्नु भएको थियो भने सचिव सुगम श्रेष्ठले संचालन गर्नुभएको थियो । नेपालभाषा मंकाः खलःको आफ्नै भवन सम्पन्न सो कार्यक्रममा प्रमुख अतितिले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।