का.म.पा. द्वारा त्रिपुरेश्वर क्षेत्रमा अव्यवस्थित तार व्यवस्थापन

माघ ४

काठमाडौं । विहीबार, सार्वजनिक विदाका दिन महानगरको वातावरण व्यवस्थापन विभागका कर्मचारीमध्ये केही त्रिपुरेश्वर क्षेत्रमा अव्यवस्थित तार व्यवस्थापन गर्दै थिए । काममा हामी रात दिन पनि भन्दैनौ, विदा छ कि छैन पनि भन्दैनौं, काम गरिरहन्छौं । तर हामी जस्ता काम गर्ने थोरै, विगार्ने धेरै भएपछि प्रभाव देखिँदैन । सहरी सुन्दरताको सम्भावना र चुनौतीका विषयमा कुरा गर्दा गर्दै १ घण्टामा उनीहरुले २ ट्रिपर तार बटुले । 

तार व्यवस्थापन टोलीको तेतृत्व गरिरहेका कार्य सञ्चालन शाखा प्रमुख मीनबहादुर थापा भन्दै हुनुहुन्थ्यो — कसले कुन समयमा आएर टार टाँग्छ, थाहा हुँदैन । कति ठाउँमा त चाहिनेभन्दा वढी तार गुजुल्टो पारिएको छ । कति ठाउँमा सेवा बन्द भए पनि तार त्यसै छोडिएको छ । सहरी सुन्दरतामा कोही पनि जिम्मेबार देखिँदैनन् । त्यसको भार हामीले बोक्नु परेको छ । 

संकलित तारमा इन्टरनेट तथा केवल सेवा प्रदायकका तारको मात्रा बढी थियो । त्यसपछि टेलिफोनका तार पनि उत्तिकै थिए । तार काट्न मानव शक्ति परिचालन गरिएको थियो भने भुइँमा छरिएको तार बटुलेर ट्रिपरमा राख्न डोजर प्रयोग गरिएको थियो । १ घण्टामा १० जनाले काम गर्दा २ ट्रिपर तार निस्किएको हो । संकलित तार टेकुमा राखिएको छ । 

अव्यवस्थित तार व्यवस्थापन गर्ने काम जोखिमपूर्ण देखिन्छ । तार काट्न जाने कर्मचारी डोजरमाथि चढेर तार काटिरहेका थिए । उनीहरुका हातमा सुरक्षा प्रदान गर्ने पञ्जा थिएन । न त सुरक्षित पोशाक, या न हेल्मेट । 

काम नियमित चलिरहेको छ र चलिरहने देखिन्छ तर सुरक्षा तथा व्यवस्थामा नियमन गर्ने निकायको ध्यान गएको देखिँदैन । 

सहरी सुन्दरता र वातावरणीय सुधारका लागि अहिले चरिहेका कामलाई हामी निरन्तरता दिन्छौं । विभागका नियमित कामका विषयमा विभागीय प्रमुख हरिबहादुर कुँवर भन्नुहुन्छ — धुलो संकलन गर्ने, गैरकानूनी फोहोर फाल्नेमाथि निगरानी राख्ने, सडक विस्तारका क्रममा छरपसट भएका तार बटुल्ने, अव्यवस्थित तार आफैं काट्ने वा अन्य निकायले काटेका तार व्यवस्थापन गर्ने काम अहिलेका नियमित काम हुन् । 

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत