गर्न नसकेको काम र भएका गल्ती औल्याइदिनोस्, नत्र कसरी सुधार गर्नु? ः वडाध्यक्ष तिवारी

चालु आ. व. मा ६० वटा योजना सम्पन्न, आगामी बर्षका लागि वडाबाट ३० वटा र केन्द्रबाट ३२ योजना सञ्चालन गर्न प्रस्ताव

चन्द्रमणि भट्टराई
असार १९

DSC_3774काठमाडौं । आफूले काम गर्दा भएका गल्ती कमजोरी औल्याइदिन आग्रह गर्दै, महानगरको वडा नं. २६ का अध्यक्ष ख्यामराज तिवारीले नागरिकले देखाएको बाटो हिँड्न प्रतिवद्ध रहेको बताउनु भएको छ । मंगलबार आयोजना गरिएको जेष्ठ नागरिक महानगर विशेष भत्ता वितरण तथा सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै वडाध्यक्ष तिवारीले — पूर्व जनप्रतिनिधिको मार्गदर्शन र नागरिकले चाहना गरेको विकास पद्धति अवलम्बन गरिरहेको बताउनुभएको हो ।

कार्यक्रममा वडाले चालु आर्थिक बर्षमा सम्पन्न गरेका भौतिक पूर्वाधार विकास सम्बन्धी ६० वटा परियोजना र आगामी आ. व. कालागि वडाबाट सञ्चालन हुने ३० वटा र केन्द्रबाट सञ्चालन हुने ३२ वटा परियोजना सम्बन्धी विवरण सार्वजनिक गरियो ।

सम्पन्न परियोजना

रिटेनिङ् पर्खाल लगाउने, ढल तथा मंगाल निर्माण, मर्मत तथा त्यसमाथि स्ल्याब राख्ने, ब्लक, कंक्रिट तथा ढुङ्गा छाप्ने काम प्रमुख रुपमा रहेका छन् । त्यस्तै ढलान गर्ने, ग्राभेल गर्ने, ढुङ्गेधारा निर्माण तथा मर्मत गर्ने, रेलिङ् राख्ने, इष्टोन डस्ट हाल्ने, ढल सफा गर्ने, कालोपत्रे गर्ने, रंगरोगन गर्ने तथा वडा कार्यालय निर्माण कार्य प्रमुख रुपमा रहेका छन् ।

आगामी आ. व. का प्राथमिक परियोजना

आ. व. २०७५÷०७६ मा वडाभित्र, केन्द्र र वडाले योजना सञ्चालन गर्नेछन् । यसरी सञ्चालन हुने योजनामा वडाबाट पूर्वाधारको नियमित मर्मत सम्भार तथा सुधारका काम नै प्रमुख रहेका छन् । यसमा ब्लक छाप्ने, ग्राभेल गर्ने, ढुङ्गेधारा निर्माण तथा मर्मत गर्ने, इष्टोन डस्ट डमेल प्रवेश गर्ने द्वार निर्माण गर्ने, पुरानो वडा भवन मर्मत गर्ने, सार्वजनिक शौचालय निर्माण, सार्वजनिक स्थलमा जेष्ठ नागरिक आश्रम स्थल निर्माणजस्ता कार्य परेका छन् । यसका अतिरिक्त ठमेल क्षेत्रको प्रवर्धन र सुविधा उपयोग सरलताका लागि ठमेल मोवाइल एप्लिकेसन बनाउने, वडामा डिजिटल वडा पत्र राख्ने जस्ता काम पनि समेटिएका छन् ।

केन्द्रबाट सञ्चालन हुने परियोजनामा — वडा भवन तथा सहरी स्वास्थ्य केन्द्र भवन निर्माण गर्ने, भगवान बहाल, सामाखुशी चिल्ड्रेन पार्क र भीमसेन पाटीको पुननिर्माण गर्ने, व्रिटिस दूतावास पश्चिमतर्फ, कास्केली टहरा ढुङ्गेधारादेखि उत्तरतर्फको सडक विस्तार, सुधार तथा स्तरउन्नति गर्ने, तमु संग्रहालय निर्माण गर्ने, वीरेन्द्र — ऐश्वर्य मार्ग, पवित्र नगर, देवु मार्गदेखि लाखाँछे. मार्गसम्म सामाखुशी रोम मार्गदेखि दुम्भ मार्गसम्मलगायत विभिन्न सडकहरु कालोपत्रे गर्ने, सामाखुशी खोलामा रेलिङ्ग राख्ने, कास्केली टहरा ढुङ्गेधारामा पानी फिल्टर प्लान्ट राख्ने जस्ता आयोजना छन् ।

DSC_3803सामाजिक सुरक्षाको अवस्था

वडा नं. २६ मा ७५ बर्ष उमेर पूरा हुनु भएका महिलाको संख्या ११२ र ८० बर्ष उमेर पूरा हुनुभएका पुरुषको संख्या ४२ रहेको छ । त्यस्तै ४११ जना एकल महिला, ८५३ जना जेष्ठ नागरिक, १५ जना पूर्ण अपाङ्ग र २३ जना आंशिक अपाङ्ग हुनुहुन्छ ।

यीमध्ये ७५ बर्ष उमेर पूरा भएका महिला, ८० बर्ष उमेर पूरा भएका पुरुषका लागि जनही बार्षिक १२ हजार रुपैयाँ फलफुल, पोखिलो खानेकुरासहित सम्मान गरिएको हो भने पूर्ण अपाङ्गलाई ३ हजार रुपैयाँ भत्ता उपलब्ध गराइएको हो ।

वडाले उपलब्ध गराएको नियमित सामाजिक सुरक्षा भत्ता तर्फ पहिलो चौमासिकमा ८५ लाख ८६ हजार ४ सय रुपैयाँ निकासा भएकोमा ६५ लाख ६० हजार ८ सय रुपैयाँ खर्च भयो भने दोश्रो चौमासिकमा ४७ लाख ३५ हजार २०० रुपैयाँ निकासा भएकोमा ६५ लाख ५६ हजार ८ सउय रुपैयाँ खर्च भयो । पहिलो चौमासिकमा खर्च नभएको रकम यस चौमासिकमा मिलान भएको थियो । तेश्रो चौमासिकका लागि ६७ लाख ५२ हजार ८ सय रुपैयाँ निकासा भएको छ । सामाजिक सुरक्षा भत्ता लिने व्यक्तिले आफू अनुकुल समयमा बैङ्कबाट पैसा निकाल्ने भएकोले आर्थिक बर्षको अन्त्यमा मात्र कति जनाले भत्तावापत्को रकम लिनुभयो । कतिजना जेष्ठ नागरिक बित्नुभयो भन्ने विवरण आउँछ ।

यसमा तपाइको मत