जेष्ठ नागरिकको सम्मान र सुविधामा प्रतिवद्ध ः मेयर शाक्य

वडा नंं १३ का ७५ बर्ष उमेर पूरा गरेका ३८४ जना महिला र ८० बर्ष उमेर पूरा गरेको २०२ पुरुष गरी ५८६ जेष्ठ नागरिकलाई विशेष महानगर भत्ता प्रदान

चन्द्रमणि भट्टराई
असार १५

DSC_3501DSC_3475काठमाडौं । काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले — जेष्ठ नागरिकलाई सहजतापूर्वक जीवन यापन गर्ने वातावरण तयार गर्न आफू प्रतिवद्ध भएर काम गरिरहेको बताउनु भएको छ । शुक्रबार वडा नं. १३ ले आयोजना गरेको जेष्ठ नागरिक विशेष भत्ता वितरण गर्दै मेयर शाक्यले भन्नुभयो — महानगर विशेष भत्ता जेष्ठ नागरिकको जीवन यापन सहजताका लागि हो । महानगरले साझा यातायातमा परिचयका पत्र प्राप्त जेष्ठ नागरिकलाई निःशुल्क यात्राको प्रवन्ध गरेको छ । हामीले केही ठाउँमा जेष्ठ नागरिक मनोरञ्जन केन्द्र स्थापना गरिसकेका छौं । आफ्नो जिम्मेवारी र भइरहेका कामका विषयमा चर्चा गर्दै मेयर शाक्यले भन्नुभयो — हामीले हेर्नु पर्ने महिला र बालबालिका पनि हुन् तर उनीहरुका लागि केही संयन्त्र तयार भइसकेका छन् । क्लव र समूह निर्माण् भएका छन् । त्यसैले हामीले अहिले जेष्ठ नागरिकको सवाललाई प्राथमिकता राखेका हौं ।

जेष्ठ नागरिकको ज्ञान र सीपलाई पुस्तान्तरण गर्न सके, समाज व्यवस्थापनमा ठूलो सहयोग पुग्ने थियो । वडाध्यक्ष ध्रुवनारायण मानन्धर भन्नुहुन्छ — जेष्ठ नागरिकको ज्ञान, सीप व्यवस्थापनमा वडा सचेत छ ।

वडा नंं १३ मा ७५ बर्ष उमेर पूरा हुनु भएका जेष्ठ महिला ३८४ जना हुनुहुन्छ भने ८० बर्ष उमेर पूरा भएका पुरुषको संख्या २०२ जना छ । ४८३ एकल महिला, १९ जना आंशिक अपाङ्ग र २५ जना पूर्ण अपाङ्गले वडाबाट सामाजिक सुरक्षा भत्ता लिइरहनु भएको छ । यीमध्ये महानगर विशेष भत्ता भने ७५ बर्ष उमेर पूरा हुनु भएका महिला र ८० बर्ष उमेर पूरा हुनुभएका पुरुषले मात्र प्राप्त गर्नुहुनेछ । यसरी प्राप्त गर्ने विषेश भत्ता वितरणसँगै उहाँहरुको निःशुल्क स्वास्थ्य परीक्षण पनि हुने गरेको छ । यस क्रममा सरकारले उपलब्ध गराएका निःशुल्क औषधि निःशुल्क रुपमै वितरण हुनेछ, भने जटिल प्रकारका समस्या देखिए, विशेषज्ञ सेवाका लागि शिफारिस गर्ने गरिएको छ ।  

सामाजिक सुरक्षाका लागि वडाले पहिलो चौमासिकमा ६१ लाख ५५ हजार २ सय रुपैयाँ र दोश्रो चौमासिकमा ६१ लाख ३९ हजार २ सय रुपैयाँ निकासा गरेको थियो । यो रकम तेश्रो चौमासिकमा आइपुग्दा, ६१ लाख १९ हजार २ सयमा पुगेको छ । जेष्ठ नागरिकको मृत्यु हुने भएपछि सुरक्षा भत्ता रकम केही हजारमा तलमाथि हुने गरेको वडाका अधिकारीको भनाइ छ ।

यो वडा कालीमाटी क्षेत्रमा पर्छ ।

 

 

यसमा तपाइको मत