वडा नं. १४ मा अनधिकृत संरचना हटाउन थालियो ः एयसटिको पर्खालमा पहिलो प्रहार

८२ रोपनी जग्गाको स्वामित्व खोज्दै वडा १४

चन्द्रमणि भट्टराई
असार १२

DSC_2908काठमाडौं । सार्वजनिक जग्गा संरक्षण गर्ने कामको शुरु गर्दै महानगरको वडा नं. १४ ले मंगलबार विहान खड्कुँलो पुलको दायाँतर्फबाट मालपोत जाने मार्ग, एयसटि नामक कम्पनीले निर्माण थालेको भवनको पर्खाल भत्काउन थालेको छ । मालपोत र नापी कार्यालयबाट आएका सर्भेक्षकले, २ आना जग्गा, कम्पनीको पर्खालभित्र रहेको जनाएपछि भत्काउन थालिएको हो । सो क्रममा वडाध्यक्ष सापकोटाका आफैं गंैती बोकेर पुग्नुभएको थियो । उहाँसँग वडा सदस्य विनोद थापा पनि हुनुहुन्थ्यो । सो क्रममा भेला भएका सार्वजनिक जग्गा जोगाउन लागेका स्थानीयहरु त्यस ठाउँमा ८ आना जग्गा मिचिएको दावी गरिरहेका थिए । स्थानीयको यो दावीमा उत्तर दिँदै नापी कार्यालय कलंकीबाट खटिएका सर्वेक्षक पन्नालाल शाहले — बाँकी जग्गा सडकमा परेको बताउनुभयो । उहाँको उत्तरमा स्थानीयले चित्त बुझाएका थिएनन् । उनीहरु थप्दै थिए, सार्वजनिक जग्गालाई नापीले सडकमा देखाइदिन्छ । अनि कसरी जोगिन्छ, खाली ठाउँ?

एयसटि, प्याकेजिङ् खाद्यबस्तुमा प्रयोग हुने तथा स्वादका लागि उपयोग हुने रसायनमा काम गर्ने कम्पनी हो । 

DSC_2914यससँगै वडाले सार्वजनिक भनिएका ८२ रोपनी जग्गाको स्वामित्व खोजी गर्न थालेको छ । मान्छेलाई सार्वजनिक जग्गा देख्नै नहुने भइ सक्यो, भेट््यो कि, अतिक्रमण थालि हाल्छ । वडाध्यक्ष शोभा सापकोटा, सहरी आचरणमा टिप्पणी गर्दै भन्नुहुन्छ — वडाको नक्सा ल्याइसकेका छौं । अव नक्सा हेर्दै, सार्वजनिक जग्गालाई तारबार गर्छौं । वडामा आउने, मालपोत र नापीमा जाने, मान्छेलाई लोभमा पार्नेहरुले सार्वजनिक जग्गा सकेका हुन् । म मेरो पालामा यसलाई सच्याएरै छोड्छु । मलाई लोभ न लालच, वडाध्यक्षले आत्मविश्वाश व्यक्त गर्नुभयो ।

सरकारी कार्यालय वीचको असमन्वय हुँदा वीचमा बसेर चलखेल गर्नेलाई सजिलो भएको छ ।

आज पर्खाल भत्काइएको एयसटि कम्पनीको निर्माणाधीन भवनको कुरा गर्ने हो भने पनि, भवनको वीचमा राजकुलो रहेको प्रमाण दिन आफू तयार रहेको स्थानीय बताउँछन् । यता नापी सर्भेक्षक शाह भने नयाँ नापी नक्सामा त्यस्तो नदेखिएको जानकारी दिन्छन् । पुरानोमा थियो होला, त्यो हामीले हेरेका छैनौं । हामीले नयाँ नापी अनुसार काम गरेका हौं, त्यसमा भएको कुलो मिलान गरेर सारिएको हुन सक्छ, सर्भेक्षक शाहले देखाएको सम्भावना हो ।

यसरी हेर्दा, मिलान गरेरै भए पनि सार्वजनिक जग्गा व्यक्तिका नाममा नामसारी भइरहेका छन् । त्यसैले अव सार्वजनिक जग्गा संरक्षण अभियानमा लाग्नेले, मिलानको मापदण्ड तथा पुरानो नापी नक्सालाई नयाँ नापी नक्सामा रुपान्तरण गर्दाको संस्थागत अभिलेखीकरण नियाल्न आवश्यक देखिएको छ ।

 

 

यसमा तपाइको मत