धार्मिक स्थल र खुल्ला क्षेत्रलाई, जेष्ठ नागरिकमैत्री बनाउँदै लैजाने वडा नं. ८ को योजना

काठमाडौं महानगरको वडा नं. ८ मा ५५७ जना जेष्ठ नागरिक, ३२३ जना एकल महिला, ८ जना पूर्ण अपाङ्ग र ५ जना आंशिक अपाङ्ग

चन्द्रमणि भट्टराई
असार ६

DSC_2490काठमाडौं । काठमाडौं महानगरको वडा नं. ८ ले वुधबार महानगर विशेष भत्ता वितरण गरेको छ । वडा कार्यालयमा वोलाइएका ७५ बर्ष उमेर पूरा भएका महिला र ८० बर्ष उमेर पूरा भएका जेष्ठ नागरिकलाई वडाध्यक्ष दिनेशकुमार डंगोलले विशेष भत्ता प्रदान गर्नुभएको हो । वडामा ५५७ जना जेष्ठ नागरिक हुनुहुन्छ । यीमध्ये ७५ बर्ष उमेर पूरा भएका महिलाको संख्या ८९ छ भने ८० बर्ष उमेर पूरा भएका पुरुषको संख्या ३० जना छ ।

महानगर विशेष भत्ता रकम प्रदान गरिसकेपछि जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । त्यस क्रममा वडालाई जेष्ठ नागरिकमैत्री बनाउने आफ्नो लक्ष्य सुनाउँदै वडाध्यक्ष डंगोलले भन्नुभयो — वडामा धार्मिक स्थल छन् । केही सार्वजनिक खुल्ला स्थान पनि छन् । यी स्थान जेष्ठ नागरिकको समय कटाउने ठाउँ बन्न सक्छन् । हामी यतातिर सोचिरहेका छौं ।

वडाबाट नियमित सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने एकल महिलाको संख्या ३२३ जना छ भने ८ जना पूर्ण अपाङ्ग र ५ जना आंशिक अपाङ्गले पनि नियमित भत्ता प्राप्त गरिरहनुभएको छ ।

वडाले प्रदान गरेको सामाजिक सुरक्षा भत्ताको रकम र व्यक्तिको संख्या हेर्ने हो भने पहिलो चौमासिकमा ३५७ जना जेष्ठ नागरिक, २७९ जना एकल महिला, ६ जना पूर्ण अपाङ्ग र ३ जना आंशिक अपाङ्गले भत्ता रकम बुझ्नुभएको तथ्याङ्क छ । यसवापत् ४० लाख २७ हजार २ सय रुपैयाँ वितरण गरिएको थियो । त्यस्तै दोश्रो चौमासिकमा ३५९ जना जेष्ठ नागरिक, २८० जना एकल महिला, ६ जना पूर्ण अपाङ्ग, र ३ जना आंशिक अपाङ्गले भत्ता रकम बुझ्नु भयो । यसवापत् वडाले ४० लाख ६१ हजार २ सय रुपैयाँ वतरण गरेको थियो ।

तेश्रो चौमासिकका लागि ४२ लाख ९५ हजार २ सय रुपैयाँ निकासा भएको छ ।

 

यसमा तपाइको मत