घट्टेकुलोमा महिलाको पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण

चन्द्रमणि भट्टराई
असार २

DSC_1766काठमाडौं । शनिबार काठमाडौं महानगरको वडा नं. २९ घट्टेकुलोमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य परीक्षण सञ्चालन गरियो । काठमाडौं महानगरको सहयोगमा निश्चल महिला शशक्तिकरणले आयोजना गरेको शिविरमा अवुर्द रोग निवारण संस्था, भक्तपुर क्यान्सर अस्पताल, सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी घट्टेकुलोले सहयोग गरेका थिए ।

शिविर उद्घाटन गर्दै नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नं. १ का संघीय प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहले — काठमाडौंको सहरी आचरणमाथि चर्चा गर्दै, सिधै स्वास्थ्यसँग सम्बन्ध राख्ने र अप्रत्यक्ष रुपमा स्वास्थ्यमा असर पु¥याउने विषय पत्ता लगाउन र तिन असर कम गराउने विषयमा काठमाडौं महानगरपालिकाले नेतृत्व लिनु पर्ने बताउनु भयो । महानगर अव सरकार हो । नागरिकको स्वास्थ्यको जिम्मेवारी महानगरकै हो । नेता सिंहले भन्नुभयो — म पनि यही क्षेत्रको जनप्रतिनिधि भएकोले तपाईँको हरेक दुःखमा साथमै छु ।

कार्यक्रममा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले भन्नुभयो — महिला आफ्ना समस्या लुकाउँछन् । यसैकारण उनीहरुको उत्पादनशिलता घटिरहेको छ । किनमेल र श्रृङ्गारमा महिलाको रुची अव स्वास्थ्य सुरक्षामा पनि देखाउनुपर्छ, यसका लागि महानगरको उपप्रमुख र महिला भएकोले आफूले निर्वाह गर्नु पर्ने भूमिका सक्रियताका साथ पूरा गर्छु । सोही अवसरमा महिला शशक्तिकरणकी अध्यक्ष शान्ता ढकालले — अरु सवैको ख्याल गर्ने महिला आफ्नो स्वास्थ्यमा किन ख्याल गर्न सक्दैनन्? उत्तर खोज्नु पर्ने भएको बताउनुभयो ।

शिविरमा जाँच गराउन १०० जना स्थानीय महिलाले नाम दर्ता गराउनु भएको आयोजकको भनाइ छ ।

 

 

यसमा तपाइको मत