महानगरको वडा ८ ले एक बर्षमा करीव १ करोड ३७ लाख ५० हजार रुपैयाँका योजना सम्पन्न ग¥यो, आउँदो बर्षका लागि पूर्वाधारतर्फ १८ वटा योजना प्राथमिकतामा


५ बर्षभित्र कुनै पनि गल्लीमा धुलो हुँदैन — वडाध्यक्ष दिनेशकुमार डंगोल

चन्द्रमणि भट्टराई
असार १

काठमाडौं । काठमाडौं महानगरको वडा नंं ८ का जनप्रतिनिधिले आफ्नो एक बर्षे कार्यकाल सन्तोषजनक मानेका छन् । वडाबासीले माग गरेको सेवा तत्काल दिएका छौं । विकास योजना घरमै पु¥याएका छौं । स्वीकृत योजना कार्यान्वयन गरेका छौं । सम्पन्न गर्न बाँकी कामलाई क्रमागत योजनामा राखेका छौं । त्यसैले सन्तोष मानेका हौं, उनीहरुको एउटै स्वर छ ।

DSC_1687सम्पन्न योजनाको समीक्षा गर्दै आगामी योजना

वडाले चालु बर्षमा सम्पन्न भएका योजनाको समीक्षा गर्दै आ. व. २०७५÷०७६ का योजना कार्यान्वयनमा ल्याउने भएको छ । चालु बर्षमा गल्ली सुधारका काम प्राथमिकतामा थिए । यसमा गल्लीको सतही ढल मिलाउने, व्लक छाप्ने, इटा छाप्ने जस्ता काम भए । स्थानीइ मठ मन्दिरको संरक्षण, मर्मत तथा सुधार कार्यलाई पनि वडाले प्राथमिक कामकै रुपमा सम्पादन गरेको थियो । यसबाट हरेक नागरिकको ढोकामा पुग्ने प्रयास भयो । वडालाई अहिले सुन्धारा बन्द भएर समस्या सृजना गरेको छ । सुन्धारा व्यवस्थापनको कुरा चुनावी मुद्दा पनि थियो । यसलाई व्यवस्थापन गरौं भनेको मेलम्चीले झन् पो टालिदियो । यसले जनप्रतिनिधिहरुको टाउको दुखाई बनेको छ ।

वडाले चालु आर्थिक बर्षमा इन्द्रेश्वर महादेव परिसरको बाटोमा ब्लक छाप्ने, वडा कार्यालयको रंगरोगन गर्ने, गूहेश्वरी पथ बाटोमा माटो हालेर पुर्ने, गौरीघाटबाट खरीवोट जाने वाटोमा छोएको पहिलो पूर्व तिरको शाखा भित्रि वाटोमा ब्लक छाप्ने काम ग¥यो । वडाले व्लक तथा ढुङ्गा छापेका अन्य गल्ली तथा मार्गहरुमा दथुटोल, जय वागेश्वरी चक्रपथ मार्ग, नवालीटोल भण्डारखाल मार्ग, नवालीटोल गल्ली, शारदा गल्ली तिलगंगा, हरेराम मार्ग हुँदै पशुपति जाने मार्ग, तिलगंगा मार्ग आँखा अस्पताल आसपासका भित्री मार्ग, भूवनेश्वरी मन्दिर जाने वाटो, जय वागेश्वरी मार्गको मृत्युञ्जय महादेवदेखि जय वागेश्वरी मार्ग रहेका छन् । यस बागेश्वरी मार्गमा भने ढल व्लकसँगै ढल समेत मर्मत गरियो ।

कुमारीगाल खरिवोट र गौरीघाटमा मंगाल मर्मत गर्ने र ढलको पाइप सफा गर्ने काम पनि सकिएको छ । यससँगै भण्डारखाल मार्ग, तिलगंगा शारदा गल्ली, कमला गल्लीमामा ढल र मंगाल मर्मत गरियो भने महानगरीय प्रहरी वृत्त गौशाला र पशुपति क्लवमा शौचालय निर्माण गरियो । तिलगंगामा चौतारो र पार्क बनाउने, पिङ्गलास्थान पार्क बनाउने, मन्दिरको मर्मत गर्ने, विभिन्न सडक र गल्लीहरुमा वत्ती राख्ने र मर्मत गर्ने काम गरियो । भौतिक पूर्वाधारतर्फ वडाले सम्पन्न गरेका कामका लागि ८४ लाख ७२ हजार ७ सय छयासी रुपैयाँ ४७ पैसा भुक्तानी गरिसकेको छ । अन्य कार्यादेश दिइसकेका तर सम्पन्न हुन बाँकी योजनाहरुवापत् करीव ५३ लाख रुपैयाँ भुक्तानी दिन बाँकी छ । यसरी निर्माणाधीन अवस्थामा रहेका योजनाहरुमध्ये भौतिक पूर्वाधार विकासका काम नै धेरै छन् ।

यसै बर्षको पहिलो र दोश्रो चौमासिकमा वडाले सामाजिक सुरक्षा भत्तातर्फ जेष्ठ नागरिक भत्ता, एकल महिला भत्ता, आंशिक अपाङ्ग भत्ता, पूर्ण अपाङ्ग भत्ता गरी ८० लाख ८८ हजार ४ सय रुपैयाँ वितरण ग¥यो । यसरी गरिएको रकममा ५७ लाख अठतीस हजार जेष्ठ नागरिक भत्ता थियो भने, एकल महिला, आंशिक अपाङ्ग र पूर्ण अपाङ्ग भत्तामा क्रमशः २२ लाख ४० हजार, १४ हजार ४ सय र ९६ हजार रुपैयाँ छ । तेश्रो चौमासिकको रकमको विवरण भने आउन बाँकी छ ।


आ.ब. २०७५÷०७६ का प्रस्तावित भैतिक पूर्वाधारका योजना

वडाले नियमित कामसँगै आ. व. २०७५÷०७६ मा १७ वटा भौतिक पूर्वाधारका योजनालाई अघि बढाउन प्रस्ताव अघि सारेको छ । यसरी अघि सारिएका योजनामा — ताम्रेश्वर मन्दिरको भजन मण्डलमा सार्वजनिक शौचालय निर्माण गर्ने, नवाली टोलमा ढल निर्माण र ढुङ्गा छाप्ने, मुत्युञ्जय महादेव मन्दिर पुन निर्माण र वरपर ढुङ्गा छाप्ने र ढल निर्माण गर्ने, इन्द्रेश्वर महादेव मन्दिरलाई परम्परागत शैली (दछी इटा राखेर) जीर्णोद्धार गर्ने जस्ता काम छन् । त्यस्तै जय वागेश्वरी निर्माणेश्वरी महादेव मन्दिरमा ढुङ्गा छाप्ने, व्रह्मा मन्दिरको पुन निर्माण गर्ने, नरसिंह मन्दिर पुन निर्माण र वरपर ढुङ्गा छाप्ने, ईटा टोलमा रहेको सार्वजनिक जग्गामा जेष्ठ नागरिकलाई विश्राम स्थल निर्माण गर्ने, भुवनेश्वरी मन्दिरको पानी ट््याङ्कीलाई पुरातत्विक शैलीमा निर्माण गर्ने, तिलगंगामा रहेको वडा अन्तर्गतको भवन पुन निर्माण गर्ने काम प्राथमिकतामा परेका छन् । वडाले योजनामा राखेका अन्य भौतिक पूर्वाधारका काममा तिलगंगाका दुई स्थानमा ढुङ्गा छाप्ने, त्यसै क्षेत्रमा रहेको नित्यनाथ मन्दिर पुन निर्माण गर्ने, वडा भवन निर्माण गर्ने, वडा नं. ७ को समन्वयमा सरकारी धारो ओरालो र वडा नं. ९ सँगको समन्वयमा पिंगलास्थान मार्गमा कालोपत्रे र ढलान गर्ने, खरिवोटसँगै ढल निकास बनाउने र ढुङ्गा छाप्ने, गुहेश्वरी पारी रहेको सार्वजनिक जग्गामा पार्क ( चौतारा ) निर्माण गर्ने, गुहेश्वरी मन्दिर अगाडिको पैदल यात्री आवत जावत गर्ने फलामे पुल मर्मत गर्ने काम हुनेछन् ।

सार्वजनिक जग्गाको संरक्षण, नागरिकलाई प्रविधिमैत्री सेवा प्रवाह, मूर्त अमूर्त सम्पदाको संरक्षण, सामाजिक सुरक्षाका कामलाई सुधार गर्दै लैजाने वडाले बनाएको योजनामा उल्लेख छ । त्यस्तै पशुपतिबाट गुह््यश्वरी मन्दिरतर्फ जाँदा मन्दिर कटिसकेपछि देखिने विस्तार हुँदै गरेको नयाँ बस्तीलाई योजनावद्ध बनाउने, सडक, ढल र खानेपानीको व्यवस्थालाई एकीकृत गर्ने काम वडाको अर्को प्राथमिक काम हो । विग्रिने ठाउँ सुधार्न समय लाग्छ तर यस ठाउँमा नयाँ बस्ती बस्दै गरेकोले, शुरुवात्मै सुधारको प्रयास थालिनेछ — वडाध्यक्षले योजना सुनाउनु भयो ।

 


सामाजिक विकास कार्यक्रम माग नै छैन, स्वास्थ्य क्षेत्रको सुधार प्रयास

वडाका अनुसार स्थानीय विकासका लागि माग भइ आउने योजनामा, सडकमा व्लक छाप्ने, ढल बनाउने, सडक वत्ती बनाउने, इटा छाप्ने, मठ मन्दिर बनाउने काम प्राथमिक योजनाका रुपमा आउँछन् । अहिलेसम्म वडामा सामाजिक विकासका लागि एउटा पनि योजना माग छैनन् । स्वास्थ्य सेवातर्फ वडामा भएको एउटा स्वास्थ्य चौकी छ । यसको सुधार प्रदेश सरकारको आँखामा पनि परेको छ । यसलाई स्तर उन्नति गरेर सेवा विस्तार गर्ने वडाको योजनामा छ ।


मेलम्चीको काम र पशुपति क्षेत्र विकास कोष वडाका चुनौती

मेलम्चीले पानी वितरण प्रणालीका लागि काम त ग¥यो तर यसले नागरिकलाई दिनुसम्मको सास्ती दियो । वडाध्यक्ष दिनेशकुमार डंगोल भन्नुहुन्छ — नभइ पनि नहुने भएर सास्ती खपेरै बस्नु परेको छ । खनेर जान्छ, खाल्टो पुर्दैन । खाल्टो पुरे पनि सतह मिलाउँदैन । सतह मिलाए पनि कालो पत्रे वा ढुङ्गा विछ््याउने काम गर्दैन । मेलम्चीको कामले जननिर्वाचित प्रतिनिध माथि प्रश्न उठि रह्यो ।

वडालाई पशुपति क्षेत्र विकास कोषको अटेरीपनले पनि टाउको दुखेको छ । वडाध्यक्ष डंगोल भन्नुहुन्छ — कोषले हामीलाई टेर्दै टेरेन । सुन्छु — प्रदेश आफ्नो मातहतमा राख्न खोज्दैछ रे । संघको पनि आँखा लागेको छ रे । तर यो स्थानीय सरकारको क्षेत्राधिकारभित्रको कुरा हो । यो वडा मातहतमा हुनुपर्छ । कुराकानीकै सिलसिलमा वडाध्यक्ष डंगोलले थप्नुभयो — अहिले यस क्षेत्रका लागि वडा एउटा वाघ र कोष अर्को बाघ भएको छ । कसले भनेको कसले मान्ने? संविधानले दिएको अधिकार पनि वडाले प्रयोग गर्न पाएन । कोषले सरकारबाट प्राप्त अनुदान, भेटीबाट प्राप्त भएको रकम, शुल्क बाट प्राप्त भएको आम्दानी कसरी खर्च गरिरहेको छ, त्यो हामी हेर्न चाहन्छौं — वडाध्यक्षले इच्छा राख्नुभएको छ ।

DSC_1673पर्यटन शुल्क पनि कोष नै उठाउँछ

वडालाई राजस्व संकलनमा प्रगति देखाउन मुस्किल पर्छ । वडाको अधिकांश क्षेत्र पशुपति क्षेत्रले ओगटेको छ । बस्ती र उद्योगधन्दा कम छन् । कोषले पर्यटन शुल्क आफैं उठाउँछ । भित्री क्षेत्रमा हामीलाई सोध्दै नसोधी संरचना बनाउँछ । यस क्षेत्रमा आउने पर्यटकबाट संकलन हुने शुल्कमा हाम्रो अधिकार छ । यो महानगरमै आउनु पर्छ । वडाध्यक्ष भन्नुहुन्छ — कोषले धेरै ठाउँमा बल मिच्याई गरेको छ । विगतको सहमति अनुसार कोषले वडा भवनका लागि जग्गा दिनुपर्ने थियो । त्यो जग्गा पनि अहिलेसम्म उपलब्ध भएको छैन । भवन बनाउन ८ आना जग्गा चाहिन्छ, ऊ ४ आना दिन्छु भन्छ । त्यही पनि उसले छुट््याएको जग्गा कोषको नभइ गुठीको हो । यसबाट कोषको नियत थाहा हुन्छ । वडाध्यक्षले विषयमा धारणा स्पष्ट््याउनुभयो । वडाले भने इटापाखामा ८ आना जग्गा मागेको छ ।

कोष के भन्छ?

स्थानीयले २०४३ सालदेखि पशुपति क्षेत्र विकास कोष खारेजीका मुद्दा उठाइएका हुन् । अहिले पनि यस्तै भएको हो । कोषका कार्यकारी निर्देशक रमेश उप्रेती भन्नुहुन्छ — हामी यसै क्षेत्रको विकासका लागि स्थापना भएका हौं । यहीँ काम गर्छौं । काम गर्ने सवालमा हाम्रा पनि केही कमजोरी भएका होलान् । वडाका केही कमजोरी होलान् । आपसमा कुरा गरेर साझा विन्दु खोज्न सकिन्छ । वडाले कोषसँग गरेका अपेक्षाहरुमध्ये संरचना निर्माणको कुरा जोड्दै कार्यकारी निर्देशक उप्रेतीले भन्नुभयो — हामी आफ्नै कानूनले चलेका छौं । स्थानीय सरकार आफ्नै कानूनले चलेको छ । मापदण्ड पालना गर्दा सोधखोजको के कुरा भयो र ? भोलि कानून बनेर हामीलाई सरकारले वडाको मातहतमा राख्यो भने हामीलाई के आपत्ति?

पर्यटन शुल्क हामीले पाउनु पर्छ भनेर वडाले माग गर्न सक्छ तर त्यसमा अहिले समन्वय हुन सक्दैन । कार्यकारी निर्देशकको भनाइ छ — हाम्रो क्षेत्रको शुल्क हामी आफैं उठाउँछौं । वडालाई दिनु पर्ने जग्गा हामीले अमालकोट कचहरी कार्यालय बसेको ठाउँमा दिएका छौं । हामीसँग भएकै त्यहीँ हो । उहाँले प्रतिक्रिया दिइरहँदा वडाको गुनासो सम्झाउँदै, गुठीको जग्गा दिनुभयो भन्ने छ नि भनेर उप्रेतीसँग सोध्दा उहाँले — हामीसँग जे छ, त्यही दिने हो । नभएको कहाँबाट दिनु र, भन्ने प्रतिक्रिया दिनुभयो ।
जग्गा दिएकै हो । मौजुदा अवस्थाको जग्गा दिएकै हो ।

यसरी कोषका अधिकारीको कुरा सुन्दा कोषभित्र स्थानीय सरकारको प्रवेश प्रायः देखिएन ।

निजी विद्यालय अझै पनि पुरानै सोचमा

वडामा एउटा निम्न माद्यमिक विद्यालय र ठूला ३ वटा निजी विद्यालयसँगै अन्य सानातिना विभिन्न निजी विद्यालय छन् । सामुदायिक विद्यालयतर्फ शारदा निम्न माद्यमिक विद्यालय आफ्नै लयमा चलिरहेको छ । निजीतर्फ, प्यारागन स्कूल दर्ता र करको दायरामा आइसकेको छ भने मोक्षदा स्कूल सम्पर्कमा आएको छ, दायराभित्र पसिसकेको छैन । यता किन्स स्कूल भने सम्पर्कमै आएको छैन । अन्य साना निजी विद्यालय पनि वडाको सम्पर्क वाहिर छन् ।

Gaushala Chowkएउटा जात्रा चलाउन करीव १ हजार रुपैयाँ

वडामा साना ठूला गरी करीव ४८ वटा जात्रा पर्व सञ्चालन हुन्छन् । यीमध्ये केही जात्रा त राष्ट्रिय महत्वका छन् । जात्रा चलाउन वडाबाट मात्र होइन, उपत्यकाबाटै श्रद्धालुहरु सहभागी हुने गर्छन् । यी जात्रा र पर्व सञ्चालन गर्न वडासँग ५० हजार रुपैयाँ बजेट छ । गएको बर्ष न्हुँदया भिन्तुना (नेपाल भाषीहरुले मनाउने नयाँ बर्ष) का लागि केन्द्रबाट ५० हजार रुपैयाँ माग गरेर चलाइयो । काम धेरै छ, रकम कम छ । वडाको अवस्था वडाध्यक्षले यसरी सुनाउनु भयो । वडासँग भएको बजेट जात्रालाई भाग लगाउँदा एउटा जात्राको भागमा १ हजार रुपैयाँ पर्छ कसरी चलाउनु?

जनप्रतिनिधिबीच कामको बाँडफाँड

वडाध्यक्ष डंगोलले वडा सदस्यहरुलाई क्षेत्र क्षेत्र हेर्न जिम्मेबारी छुट््याइ दिनुभएको छ । वडालाई ४ क्षेत्रमा बाँडेर बर्गीकरण गरिएको काममा, महिला इन्दिरा भण्डारी गुह्येश्वरी र आसपासका क्षेत्र, शेखर देउला — तिलगंगा र आसपास, राजलक्ष्मी भुषाल, पिगंलास्थान र तिलगंगा आसपास तथा विकेक संगत — नवाली टोल, भुवनेश्वरी र आसपाल क्षेत्र हेर्नुहुन्छ । यसरु क्षेत्र बाँडेर हेर्दा हरेक नागरिकको घरमा भएका समस्या पहिचान गर्न सजिलो हुने । विकास व्यवस्थापन र सन्तुलन मिलाउन सजिलो हुने, वडाध्यक्ष डंगोलको विश्वाश छ ।

वडागत समन्वय राम्रो

वडाले ढल निकास, खानेपानी वितरण प्रणाली सुधार, बाटो—सडकमा इटा, व्लक विछ््याउने होस् या कालोपत्रे गर्ने होस् । आफ्नोसँगै छिमेकी वडासँग पनि सहकार्य गर्न आवश्यक हुन्छ । त्यस्तै राजस्व संकलन गर्ने होस् या सेवा विस्तार गर्ने होस् । समान कार्य प्रणाली हुन जरुरी छ । यसका लागि वडाले छिमेकी वडाहरु वडा नं. ७ र ९ सँग साझा कार्यक्रमका साथ अघि बढ्ने योजना बन

 

यसमा तपाइको मत