व्यापारी भाडा नतिरी भागेपछि कोठा खाली गराइयो


चन्द्रमणि भट्टराई
जेठ ३०

DSC_1539काठमाडौं । काठमाडौं महानगरपालिकाबाट खटिएको डोरले मंगलबार वडा नं. १९ प्याफल निवासी ज्योतीरत्न तुलाधरको घरको भुँइतलामा रहेको पसल खाली गराएको छ । घरधनी तुलाधरले आफ्नो घरमा कोठा भाडामा लिइ मालाको व्यापार गर्दै आएका अष्ट लामाले विगत २ बर्ष ६ महिनादेखिको भाडा नतिरेको र विगत ६ महिनादेखि पसल बन्द गरेर सम्पर्कमा समेत नआएको जनाउँदै कोठा खाली गराइ पाउन महानगरमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा महानगरले मंगलबार डोर खटाएको थियो ।

निवेदकले गरेको दावीका आधारमा महानगरको न्यायिक समितिले प्रतिवादी लामालाई समितिमा हाजिर हुन सूचना दिएको थियो तर सो अवधिमा लामा समितिको सम्पर्कमा आएनन् । तोकिएको समयमा उनी सम्पर्कमा नआएपछि, महानगरको न्यायिक समितिको वैशाख १२ गते बसेको वैठकले मुद्दामा छलफल गर्दै कोठा खाली गराउन उपयुक्त ठहर्छ भनेर निर्णय गरेको थियो । निर्णय कार्यान्वयन तथा पत्र बुझाउने कोही नभएपछि महानगरले, लामाले सञ्चालन गर्दै आएको बन्द पसलवाहिर जेठ २९ अगावै पसल खाली गराइ सहयोग गर्न र त्यस अवधिमा पनि खाली नगराए महानगरले डोर खटाइ खाली गराउने भनी सूचना टाँस गरेको थियो । यही निर्णयका आधारमा तयार गरिएको पत्र बुझ्ने व्यापारीका कोही नभएपछि ढोकामा सूचना टाँसको हो । पत्र टाँसेपछि पनि तोकिएको समयमा पसल सञ्चालक लामा सम्पर्कमा नआएपछि जेठ २९ गते महानगरको कानून महाशाखाले नगर प्रहरी, नेपाल प्रहरीको सहयोग र वडा कार्यालयको रोहवरमा पसल खाली गराएको हो ।

बन्द कोठा खोलेपछि प्राप्त भएका सामानहरुमा एक बोरा रुद्राक्षका माला, एक बोरा प्लाष्टिकलगायत विभिन्न प्रकारका माला, मेच कुसी, शिशा भएको काठको ¥याकको मुलुच्का उठाएर घरधनीलाई जिम्मा लगायो ।

 

 

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत