काष्ठमण्डप पुननिर्माण समितिलाई महानगरको ५० लाख अनुदान रकम

काम जति रोकियो, यस अघि नै रोकियो, अव एक पल पनि काम रोकिनु हुँदैन — मेयर शाक्य

चन्द्रमणि भट्टराई
जेठ २९

काठमाडौं । काठमाडौं महानगरपालिकाले मंगलबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर काष्ठमण्डप पुननिर्माण समितिलाई ५० लाख रुपैयाँ अनुदान रकम प्रदान गरेको छ । महानगरको रणनीतिक नेतृत्वमा सरकारी तथा नागरिक संघसंस्थाको सहभागितामा काष्ठमण्डपलाई छिटो, मौलिक स्वरुप र दिगो रुपमा पुनःनिर्माण गर्न प्रदेश सभा सदस्य राजेशकाजी श्रेष्ठ नेतृत्वको समिति र काठमाडौं महानगरबीच सहमति पत्रमा हस्ताक्षर भएपछि महानगरका प्रमुख विद्यासुन्दर शाक्यले समितिका अध्यक्ष शाक्यलाई अनुदान रकम प्रदान गर्नुभएको हो । सहमति पत्रमा महानगरका तर्फबाट सहसचिव राजेश्वर ज्ञवालीले र समितिकातर्फबाट अध्यक्ष शाक्यले हस्ताक्षर गर्नुभएको थियो ।

अनुदान रकम प्रदान गर्दै महानगरका प्रमुख शाक्यले भन्नुभयो — काष्ठमण्डपको पुननिर्माणका लागि यस अघि गरिएको ढिलाइ अव गर्नु हुँदैन । नियमित काम गरेर २ बर्षभित्र पुननिर्माण कार्य सम्पन्न गर्नुपर्छ । प्रक्रियाको परिपक्वता र क्षेत्रगत सहभागिताका लागि यस अघि नै पर्याप्त समय खर्च भइसकेको छ । त्यसैले अव कुनै पनि हालतमा काम ढिलो हुनुहुँदैन । यस कार्यमा नागरिकको पनि सहभागिता हुनेछ । आफ्नो सम्पदा आफैं बनाउन सक्ने स्थानीयको आँटलाई हामीले हौसला दिएका हाँैं । प्रमुख शाक्यले भन्नुभयो — अब आर्थिक श्रोत वा अन्य कुनै पनि कारणले पुननिर्माण रोकिन दिन्नँ ।

समारोहमा पुननिर्माण समितिका अध्यक्ष एवं काठमाडौं क्षेत्र नं. ८ कबाट प्रदेश सभाका लागि निर्वाचित प्रदेश सभा सदस्य राजेश शाक्यले — स्थानीय भावना र प्राचीन सम्पदाको मर्म बमोजिम समयमै पुननिर्माण कार्य सम्पन्न गर्ने प्रतिवद्धता जनाउनु भयो । काठमाडौं महानगरपालिका र स्थानीयबीच काष्ठमण्डप पुननिर्माणमा सहमति कायम गर्न महानगरले जारी गरेको सार्वजनिक खरिद नियमावलीले सहज बनाएको, हनुमानढोका दरवार संरक्षण कार्यक्रमका प्रमुख उदयबहादुर पसखलको भनाइ छ । नियमावलीले आवश्यकताका आधारमा अमानतमा काम गर्न सक्ने व्यवस्था गरेको छ ।

समारोहमा वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशी, जन कवि दुर्गालाल श्रेष्ठ, प्रतिनिधि सभाका सदस्य जीवन राम श्रेष्ठ, प्रदेश सभाका सदस्य बसन्त मानन्धर, काठमाडौ महानगरपालिकाका उप मेयर हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइराला, पुरातत्व बिभागका महानिर्देशक भेष नारायण दाहाल, वडाअध्यक्ष तथा वडा सदस्यहरुसँगै सम्पदा संरक्षणमा चासो राख्ने स्थानीहरुको उपस्थिति थियो ।

DSC_1595समितिसँग सहकार्यको पृष्ठभूमि

महानगरपालिकाको वडा नं.२० मा रहेको ऐतिहासिक पुरातात्विक तथा प्राचीन महत्वको स्मारक काष्ठमण्डप २०७२ बैशाख १२ मा गएको महाविनाशकारी भूकम्पले पूर्णरुपमा क्षति थियो । यसको पुरातात्विक महत्वलाई पूर्ववत् कायम गर्न भत्कनु पूर्वको स्वरुप, शैली र संरचना अनुसार पुुननिर्माण गर्ने÷गराउने विषय लामो समयदेखि अन्यौलतामा थियो । यसै वीच गएको वैशाख १८ गते काठमाडौं क्षेत्र नं. ८ क का प्रदेश सभा सदस्य राजेशकाजी शाक्यको नेतृत्वमा गठित ५५ सदस्यीय काष्ठमण्डप पुननिर्माण समितिले नगर कार्यपालिकामा पुननिर्माणका लागि प्रस्ताव पेश गरेको थियो । सोही प्रस्तावलाई आधार मानेर कार्यपालिकाले २०७५ जेष्ठ २४ गते समितिको प्रस्तावबमोजिम पुननिर्माण कार्य अघि बढाउने निर्णय गरेको थियो ।

सहमतिका मुख्य बुँदा

सहमति पत्रमा, नेपाल सरकार संस्कृति सम्पदा तथा पर्यटन मन्त्रालय, पुनःनिर्माण प्राधिकरण र पुरातत्व विभागको राय परामर्शमा र काठमाडौं महानगरपालिकाको रणनीतिक नेतृत्वमा सरकारी र नागरिक संघसंस्थाको सहयोग र सहभागितामा काष्ठमण्डपको पुननिर्माण गरिने कुरा उल्लेख छ ।

११ बुँदामा सम्पन्न सहमति पत्रमा काठमाडौं महानगरलाई प्रथम पक्ष र समितिलाई दोश्रो पक्ष भनिएको छ काठमाडौं महानगरपालिकाको प्रतीकका रुपमा रहेको काष्ठमण्डप पुनर्निर्माण कार्य गर्दा पुरातात्विक, ऐतिहासिक तथा प्राचीन महत्वलाई पूर्ववत् रहने गरी नक्सा डिजाइन, ड्रइङ गरी पुरातत्व विभागबाट स्वीकृत गराएर काम गर्नु पर्ने कुरा उल्लेख गरिएको छ । यसरी तयार गरिने डिजाइन, ड्रइङ तथा स्पेसिफिकेसनलाई सर्वस्वीकार्र्य रुपमा गर्न÷गराउन प्रा. डा. श्री प्रेमनाथ मास्केको अध्यक्षतामा ७ सदस्यीय विज्ञ समिति गठन गरिएको छ ।

पुन निर्माण समितिले काष्ठमण्डप पुनःनिर्माण कार्यको मुख्य कार्यान्वयन समितिको रुपमा कार्य गर्नेछ । यस कार्यका लागि नेपाल सरकार, प्रदेश सरकार तथा अन्य व्यक्ति संघसंस्थाबाट आर्थिक स्रोत जुटाउने जिम्मेवारी समितिलाई नै दिइएको छ । सहमतिअनुसार, यसरी जुटाइएको अनुदान सहयोगबाट प्राप्त भएको वित्तीय विवरण र खर्चका शीर्षकगत विवरणहरु सार्वजनिक गर्नर पर्ने पुन निर्माण कार्यमा व्यापक जनसहभागिता जुटाउने, यस कामलाई जनचासो र जनसमर्थनको विषय बनाउने जिम्मेबारी पनि समितिको काँधमा पुगेको छ । यसका लागि महानगरलाई कार्य प्रगति प्रतिवेदन बुझाउनु पर्ने, नागरिक र सरोकारवालाका बीच कम्तीमा ३÷३ महिनामा सार्वजनिक सुनुवाई कार्यक्रम गर्नु पर्ने समितिलाई जिम्मेबारी दिएर पुननिर्माण कार्यलाई पारदर्शी बनाउने प्रयास गरिएको छ । त्यस्तै पुनःनिर्माण कार्यलाई सहभागितामुलक बनाउन काठमाडौं जिल्ला क्षेत्र नं.६, ७, ८ र ९ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्यहरु, काठमाडौं जिल्ला क्षेत्र नं. ६ क, ७ क, ८ क र ९क बाट निर्वाचित प्रदेश नं.३ प्रदेश सभाका सदस्यहरु र जिल्ला समन्वय समिति काठमाडौंका प्रमुुुुख रहेको सल्लाहकार समूह र समाजका लव्ध प्रतिष्ठित व्यक्तिहरुको संरक्षक समितिको व्यवस्था गरिएको छ ।

पुननिर्माणमा प्रयोग हुने काठहरु नेपाल सरकारको स्वामित्व रहेको द टिम्वर कर्पाेरेशन नेपालसँग खरिद गर्नुपर्नेछ । यसरी माग भएका काठहरु चाहिएको समय, गुणस्तर र परिमाणमा कर्पाेरेशनले उपलब्ध गराउन नसक्ने भनेर लिखित जानकारी गराएको खण्डमा प्रचलित नियमानुसार अन्य विकल्पको माध्यमबाट काठ खरिद गर्न सकिने व्यवस्था गरिएको छ ।

काष्ठमण्डप पुनःनिर्माण काठमाडौं महानगरपालिकाको महत्वपूर्ण.जिम्मेवारी भएको हुँदा, महानगरकै नेतृत्वमा गठित निर्देशक समितिसँग नियमित छलफल, अन्तरक्रिया गरी प्राप्त राय सुझावका आधारमा काम गर्नु गराउनु पुननिर्माण समितिको काम हुने सहमति पत्रमा उल्लेख गरिएको छ । महानगरले समितिसँग सहकार्य गरी काष्ठमण्डप पुनःनिर्माणलाई अगाडि बढाउने भएको हुँदा, आर्थिक अनुदान र अन्य व्यवस्थापकीय कार्यमा निरन्तर गर्नु पर्ने महानगरको दायित्वमा राखिएको छ । यसका लागि महानगरले सहमति पत्रमा हस्ताक्षर भएकै दिन ५० लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराएको हो । यसरी उपलव्ध भएको आर्थिक अनुदानको रकम खर्च भएको विस्तृत विवरण महानगरमा प्राप्त भइसकेपछि कार्यपालिकाले अनुदान रकम थप गर्न सक्ने व्यवस्था गरिएको छ ।

काष्ठमण्डप पुननिर्माण कार्य सम्पन्न भइ नसकुञ्जेलका लागि भएको सहमति पत्रमा, पुनःनिर्माणलाई व्यवस्थित रुपमा कार्य सम्पादन गर्न विभिन्न विषयगत उपसमिति तथा सचिवालय गठन गरी कार्य गराउने अधिकार समितिलाई दिइएको छ । यसरी गठन भएका उपसमिति र सचिवालयमा आवश्यकताका आधारमा विषय विज्ञ कर्मचारीहरु नियुक्त गर्न वा समिति÷उपसमितिका सदस्यहरुमध्येबाट पूर्णकालीन रुपमा सेवा लिने गरी विषेशज्ञ तोक्दा लाग्ने खर्च समितिले व्यहोर्नु पर्नेछ ।

पुननिर्माण कार्यको नियमित अनुगमन, सुपरीवेक्षण गर्ने र निर्माणको क्रममा तत्काल सुधार गर्नुपर्ने काम गर्न गराउन महानगरका प्रमुख अध्यक्ष र उपप्रमुख, सरोकार राख्ने वडाध्यक्षसहितको निर्देशक समितिको व्यवस्था गरिएको छ ।

निर्देशक समिति

  • बिद्यासुन्दर शाक्य, प्रमुख, काठमाडौ महानगरपालिका अध्यक्ष
  • हरिप्रभा खड्गी (श्रेष्ठ), उप प्रमुख, काठमाडौ महानगरपालिका अध्यक्ष
  • शशीलाल श्रेष्ठ, १९ वडाअध्यक्ष, का.म.पा. सदस्य
  • राजेन्द्र मानन्धर, २० वडाअध्यक्ष, का.म.पा. सदस्य
  • मचाराजा महर्जन, २३ वडाअध्यक्ष, का.म.पा. सदस्य
  • बालकृष्ण श्रेष्ठ , २४ वडाअध्यक्ष, का.म.पा. सदस्य
  • न्हुछेकाजी महर्जन, १८ वडाअध्यक्ष, का.म.पा. सदस्य
  • उदय चुडामणि बज्राचार्य, २१ वडाअध्यक्ष, का.म.पा. सदस्य
  • चिनिकाजी महर्जन, २२ वडाअध्यक्ष, का.म.पा. सदस्य
  • नीलकाजी शाक्य, २५ वडाअध्यक्ष, का.म.पा. सदस्य
  • चिनियाँमान बज्राचार्य, २७ वडाअध्यक्ष, का.म.पा. सदस्य
  • नबिन मानन्धर उदय, १७ वडाअध्यक्ष, का.म.पा. सदस्य
  • विकास डंगोल, १२ वडाअध्यक्ष, का.म.पा. सदस्य
  • प्रतिनिधि, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण सदस्य
  • प्रतिनिधि पुरातत्व बिभाग सदस्य
  • अध्यक्ष, काष्ठमण्डप पुनःनिर्माण समिति सदस्य सचिव

बिज्ञ समुह

१. प्रा. डा. श्री प्रेमनाथ मास्के
२. प्रा. डा. श्री सुदर्शनराज तिवारी
३. श्री यज्ञमानपति बज्राचार्य
४. श्री कोषप्रसाद आचार्य
५. पद्मसुन्दर जोशी
६. काई वाईजे
७. कुलभक्त शाक्य

काष्ठमण्डप पुनर्निर्माण समिति

  • राजेश शाक्य, प्रदेश सभा सदस्य, ३ नं प्रदेश सभा, काठमाडौं, क्षेत्र नं ८क अध्यक्ष
  • तेजरत्न ताम्राकार उपाध्यक्ष
  • गौतम डंगोल सचिब
  • अशोकरत्न बज्राचार्य कोषाध्यक्ष


सदस्यहरु

  • बिभोरलाल श्रेष्ठ उप सचिब
  • बैकुण्ठ मानन्धर 
  • किरण श्रेष्ठ 
  • प्रबिण बहादुर प्रधान 
  • रसेल श्रेष्ठ 
  • किरणमान चित्रकार 
  • बिजय कृष्ण श्रेष्ठ 
  • बसन्त श्रेष्ठ 
  • अनिल तुलाधर 
  • राजेन्द्रमान बज्राचार्य 
  • रत्नाकर बज्राचार्य 
  • सुरज श्रेष्ठ 
  • राजिब महर्जन 
  • कबि मानन्धर 
  • बिष्णुलाल श्रेष्ठ 
  • राजु महर्जन 
  • ज्योति शाक्य 
  • मंगला कारञ्जित 
  • सुमना श्रेष्ठ 
  • रमेसमान पिया 
  • कुमार रञ्जित 
  • डिल्लीरत्न तुलाधर 
  • बालकृष्ण महर्जन 
  • रजिन स्थापित 
  • सुमन श्रेष्ठ 
  • शैलेस राजभण्डारी 
  • उमेश स्थापित 
  • हिमेश बज्राचार्य 
  • सुरेश किरण मानन्धर 
  • रबिन सायमी 
  • शैलेस शाक्य 
  • भगवती जोशी 
  • बिजय गोपाल श्रेष्ठ 
  • हितकर ताम्राकार 
  • बिष्णुराज श्रेष्ठ 
  • एकाराम सिं 
  • सानुराजा शाक्य 
  • भगवान शाक्य 
  • सुरेन्द्रहर्ष बज्राचार्य  
  • अनेस चित्रकार 
  • राजकल्याण ताम्राकार 
  • राजोपाध्याय गुठी 
  • पंचदान गुथी 
  • झण्डा गुथी 
  • तः गुथी, भिंद्यो त्वाः 
  • तः चतंः गुथी, पिगं ननी 
  • कपाली समाज 
  • कनफट्टा समाज 
  • असोक बिनायक गुथी 
  • मालाकार पचली भैरब गुथी 
  • महाबली गुथी

सल्लाहकार समूह

  • भीमसेनदास प्रधान, प्रतिनिधि सभा सदस्य, काठमाडौं क्षेत्र नं ६
  • रामबीर मानन्धर, प्रतिनिधि सभा सदस्य, काठमाडौं क्षेत्र नं ७
  • जीबनराम श्रेष्ठ, प्रतिनिधि सभा सदस्य, काठमाडौं क्षेत्र नं ८
  • कृष्णगोपाल श्रेष्ठ, प्रतिनिधि सभा सदस्य, काठमाडौं क्षेत्र नं ९
  • श्री केशब स्थापित, प्रदेश सभा सदस्य, प्रदेश नं ३, काठमाडौं क्षेत्र नं ६ क
  • बसन्त मानन्धर, प्रदेश सभा सदस्य, प्रदेश नं ३, काठमाडौं क्षेत्र नं ७ क
  • डा. अजय क्रान्ति शाक्य, प्रदेश सभा सदस्य, प्रदेश नं ३, काठमाडौं क्षेत्र नं ९ क
  • बिराजभक्त श्रेष्ठ, प्रदेश सभा सदस्य, प्रदेश नं ३, समानुपातिक
  • जीबन डंगोल, प्रदेश सभा सदस्य, प्रदेश नं ३, समानुपातिक
  • शिबसुन्दर बैद्य, सभापति, काठमाडौं जिल्ला समन्वय समिति

संरक्षक समूह

  • सत्य मोहन जोशी
  • पद्मरत्न तुलाधर
  • दुर्गालाल श्रेष्ठ
  • मदनकृष्ण श्रेष्ठ
  • हरिबंश आचार्य
  • प्रा. त्रिरत्न मानन्धर
  • प्रा. सुबर्ण शाक्य
  • भवानी राणा, अध्यक्ष, नेपाल उद्योग बाणिज्य महासंघ
  • राजेशकाजी श्रेष्ठ, अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स
  • रिद्धीबाबा प्रधान
  • प्रा.डा. केदारभक्त माथेमा
  • भू.पू. प्रधान न्यायाधिश कल्याण श्रेष्ठ
  • कनकमणि दिक्षित
  • हरेराम श्रेष्ठ, अध्यक्ष, नेपाल इन्जिनियर्स एशोसिएसन
  • सुमन बैद्य, अध्यक्ष, सोसाइटी अफ नेपलिज आर्किटेक्ट्स ९क्इल्ब्०
  • ज्ञानेन्द्रप्रसाद ढुंगाना नेपाल बैंकर्स एशोसिएसन
  • बुद्धि नारायण श्रेष्ठ
  • मल्ल के. सुन्दर
  • प्रा.डा.माणिक लाल श्रेष्ठ
  • प्रा.डा. नरेश मान बज्राचार्य
  • आर. के. मानन्धर
  • बीरेन्द्रभक्त श्रेष्ठ
  • काँशीनाथ तमोट
  • प्रफुल्लमान सिं प्रधान
  • डा. प्रेम शान्ति तुलाधर
  • पुष्करलाल श्रेष्ठ
  • प्रा.डा.चुन्दा बज्राचार्य
  • प्रेममान चित्रकार

यसमा तपाइको मत