बागमती प्रदेशमा विद्युतीय विपद जोखिम नक्साङ्कन हुँदै, विपद पूर्व सूचना प्रणाली प्रयोगमा ल्याउने तयारी

चेतना र सूचनाका अभावले विपदका समयमा धेरै क्षति हुन्छ, यसलाई घटाउने हाम्रो प्रयास हो — मन्त्री शाक्य

काठमाडौँ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विद्युतीय प्रणालीमा आधारित विपद जोखिम नक्साङ्कनको काम गरिरहेको मन्त्री अजयक्रान्ति शाक्य (पीएच.डी.) ले बताउनुभएको छ । आफूले पदवहाली गरिसकेपछिका प्राथमिक कामका बारेमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । बर्षासँग सम्बन्धित विपत्तिहरुमा बाढी, पहिरो, चट््याङ् तथा अन्य मानव सिर्जित प्रकोप सम्बन्धि पूर्व सूचना दिने प्रणाली विकास गर्दै छौँ । यसले सम्भावित क्षतिबाट जनधनको क्षति कम गराउन मद्दत हुनेछ । मन्त्री शाक्यले भन्नुभयो, ‘चेतना र सूचनाका अभावमा विपत्तिका बेला धेरै क्षति हुन्छ । प्रविधिमार्फत यसलाई घटाउने हाम्रो प्रयास हो ।’

मन्त्रालयले सूचना सञ्चारका क्षेत्रमा ‘इन्फो वैंक’ स्थापना गर्ने भएको छ । यसमा बागमती प्रदेश सरकारसँग सम्बन्ध राख्ने कार्यालय तथा स्थानीय तह सम्बन्धी एकै ठाउँमा सूचना प्राप्त हुनेछ ।

शान्ति सुरक्षाको सन्दर्भ उठाउँदै मन्त्री शाक्यले प्रहरी कर्मचारी समायोजन नहुँदा बागमती प्रदेश प्रहरीमा भएका ७ हजार ९ सय ८९ दरबन्दीमध्ये ५ हजार ४ सय २३ मात्र कार्यरत रहेको अवस्था औँल्याउनुभयो । काठमाडौँ उपत्यकाका ३ जिल्ला प्रदेश सरकार मातहतमा नहुनुले आफ्नो काम अपूर्ण अवस्थामा रहेको उहाँको भनाइ छ ।

प्रदेश सरकारले निर्माण गर्नुपर्ने १ सय ३४ कानुनमध्ये ऐन, विनियमावली, नियमावली, आदेश गरी १ सय २ वटा कानुन तर्जुमा भइसकेका छन् ।

मन्त्री शाक्यले आफ्नो मन्त्रालयअन्तर्गत १ वर्षमा सम्पन्न गर्नुपर्ने ५० ओटामध्ये सबै योजनालाई १ महिना भित्र प्रक्रियामा लगिसक्ने बताउनुभयो ।

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत