महानगरमा सहरी हरियाली अभियान शुरु

विरुवा रोप्ने क्रम भङ्ग गर्दै साना बोट रोप्ने कामको थालनी

चन्द्रमणि भट्टराई
जेठ २२

DSC_0886काठमाडौं । मंगलबार काठमाडौंका सबै वडामा वृक्षारोपण गरियो । विश्व वातावरण दिवसको सन्दर्भ पारेर सहरी हरियाली प्रवर्धन गर्न वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो । विरुवा रोप्न महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइराला, वातावरण व्यवस्थापन समितिका संयोजक विकास डंगोललगायत पदाधिकारी तथा अधिकारी टेकुदोभानको चिन्तामणि घाटमा पुग्नु भएको थियो ।

वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले — सहरी वातावरणमा देखा परेका नकारात्मक प्रभाव रोक्न वृक्षारोपण कार्यलाई अघि बढाइएको बताउँदै यस कार्यमा जनस्तरबाट सहभागी हुन आव्हान गर्नुभयो । आउँदो ५ बर्षभित्र सहरमा भएका घरका तुलनामा हरियाली सन्तुलन गर्न आफ्नो लक्ष्य भएको प्रमुख शाक्यको भनाइ थियो । सोही कार्यक्रममा बोल्दै उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले — हरियाली बचाउने कामलाई सबैको साझा काम बनाउन खोजिएको धारणा राख्नुभयो । यस काममा सहभागी हुन चाहनेलाई साथमा लिने प्रयास भएको उपप्रमुख खड्गी श्रेष्ठको भनाइ थियो ।

आज गरिएको कार्यक्रमबाट प्राप्त उपलब्धीको समीक्षा गरेर सहरी हरियाली विकासका थप कार्यक्रम ल्याउने योजना सुनाउँदै वडा नं. १२ का वडाध्यक्ष एवं वातावरण व्यवस्थापन समितिका संयोजक विकास डंगालले आउँदो ५ बर्षमा हरियालीका क्षेत्रमा देखिने उपलब्धी हासील हुनेमा विश्वस्त रहन आग्रह गर्नुभयो ।

यो घाटमा आसपासमा रहेको खाली ठाउँको वातावरणीय सुधार गरी सुन्दर पार्क बनाउन खोयुग नेपाल सक्रिय छ । तिव्वती भाषामा खोयुग भनेको वातावरण हो । यसमा १५ वटा कर्मा कक्यु गुम्बा, पुलारी गुम्बा र कर्मापा सेवा समाज पनि सहभागी छन् । वृक्षारोपण अभियानका क्रममा यस क्षेत्रमा ५०० विरुवा रोप्ने कार्यक्रम रहेको कार्यक्रममा सहभागी स्वयम्सेवक केसाङ् रेञ्चिनले जानकारी दिनुभयो । यस ठाउँलाई राम्रो बनाउने हाम्रो चाहना हो । यसबाहेक अरु उद्देश्य छैन । लामा गुरु ख्याल्चे गुरुङ्को प्रतिक्रिया छ ।

वातावरण दिवसको सन्दर्भ पारेर यस बर्ष महानगर क्षेत्रभित्रका सरकारी, अर्ध सरकारी, गैर सरकारी तथा वित्तिय संस्था, निजी तथा सामुदायिक विद्यालय, कलेज, अस्पताललगायत क्षेत्रमा वृक्षारोपण गर्न आव्हान गरेको थियो । आव्हान अनुरुप महानगरबासीले समेत आफ्नो घर कम्पाउण्ड र सँगै रहेको सार्वजनिक जग्गामा वृक्षारोपण गरेको, महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख हरि कुँवरले जानकारी दिनुभयो ।

उपप्रधान एवं रक्षामन्त्री पोख्रेल विरुवा रोप्न लाजिम्पाटमा

DSC_0902नेपाल सरकारका उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोख्रेल वृक्षारोपण कार्यक्रममा सहभागी हुन वडा नं. ३ ले आयोजना गरेको कार्यक्रम स्थल पुग्नुभएको थियो । वृक्षारोपा अघि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले, विरुवा रोप्नभन्दा रोपिएका विरुवा बचाउनु महत्वपूर्ण भएको प्रतिक्रिया दिनुभयो । उपप्रधानमन्त्री पोख्रेलको भनाइ थियो — “यस प्रकारका कार्यक्रम औपचारिकतामा सीमित नहुन् । हरेक दिन विरुवा बचाउने काममा लाग्नुपर्छ । यसमा नागरिकलाई जिम्मेवार बनाउने काम पनि विरुवा रोप्नेले लिनुपर्छ ।”

कार्यक्रममा महानगरको वडा नं. ३ का अध्यक्ष एवं महानगरको पूर्वाधार विकास समितिका संयोजक दीपक के. सी. ले सहरी हरियालीको विकास र व्यवस्थापनका लागि स्थानीयबासीसँगै आफ्नो क्षेत्रमा भएका संघ संस्थालाई सहभागी गराइने योजना रहेको बताउनुभयो भने वडा नंं २ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले — छिमेकी वडासँगको साझेदारितामा एकीकृत हरियाली प्रवर्धन कार्यक्रमको योजना सुनाउनुभयो ।

यस क्षेत्रमा हरियाली प्रवर्धन गर्न एभरेष्ट बैङ्कले ९ लाख रुपैयाँ प्रदान गरेको छ । यसबाट विरुवा खरिद गर्ने, नियमित संरक्षण गर्ने, फलामे सुरक्षा कोठाहरु बनाउने काममा खर्च हुनेछ । कार्यक्रममा सहयोगका विषयमा जानकारी गराउँदै, वैङ्कका प्रमुख कार्यकारी सोमेश्वर सेठले विरुवा हुर्काउने काममा आफ्नो जिम्मेवारी रहेको बताउनुभयो । यस कार्यमा स्थानीय प्रगतिशील धारा सहयोगी संस्थाले अग्रसरत लिएको थियो ।

धेरैजसो वृक्षारोपणमा संयुक्त आयोजना थियो

मंगलबारको वृक्षारोपणमा महागरका वडाहरुको अगुवाइमा स्थानीयबासी, स्थानीय संघ संस्था, निजी तथा समुदायमा आधारित र गैरसरकारी संघ संस्थाहरु आयोजकका रुपमा थिए । यसले सहभागितामूलक विकास पद्धतिको झल्को दिन्थ्यो । यसैत्र क्रममा महानगरको वडा नं. ९ र ३० को अगुवाईमा रातो पुलदेखि सेतो पुलसम्म धोवी खोला किनारा दुवैतर्फ गरी २१० विरुवा रोपिको वातावरण संरक्षण अभियानका अध्यक्ष धनप्रसाद आचार्यले जानकारी दिनुभयो । । यसमा रुद्रमती सरोकार समाज, वाता

EV

वरण संरक्षण अभियान र फ्लोकिल्चर एशोशिएसनले लगानी गरेको वातावरण संरक्षण अभियानका अध्यक्ष धनप्रसाद आचार्यले जानकारी दिनुभयो ।

यस क्षेत्रका वृक्षारोपण गर्न सोमबारै मलिलो माटो र मलको व्यवस्था गरिसकिएको थियो । विरुवा रोप्न वडाध्यक्ष, वडासदस्यसहित स्थानीयको बाक्लो उपस्थिति थियो ।

हरेक वर्षको जुन ५ तारिखका दिन विश्व वातावरण दिवस मनाइँदै आएको छ । सन् १९७२ मा संयुक्त राष्ट्र संघको साधारण सभाले यो दिनलाई वातावरण सुधारमा जनचेतना फैलाउने उद्देश्यका लागि प्रयोग गर्ने दिनका रुपमा मनाउने घोषणा गरेको हो । यस बर्ष राष्ट्रसंघले “प्लाष्टिक प्रदूषण निर्मुल पारौं, पुनप्र्रयोग गर्न नसके बहिष्कार गरौं” भन्ने नारा अघि सारेको छ ।
काठमाडौं महानगरले दिवसको प्रभाव दिगो बनाउन, “काठमाडौ हरियाली, मेरो जिम्मेवारी, नगरवासीमा खुशीयाली” भन्ने नारासहित अभियान थालनी गरेका हो । आजको कार्यक्रम सकिएपछि रोपिएका विरुवाको तथ्याङ्क लिने, ती विरुवा संरक्षणको निरन्तर नियमन गर्ने र विरुवा हुर्काउनेहरुलाई मुल्याङ्कन गरी महानगरलाई सफा, स्वच्छ, सुन्दर र हराभरा काठमाडौं बनाउने अभियानमा साथ दिएवापत् पुरस्कार दिने महानगरको योजना छ ।

 

 

यसमा तपाइको मत