महानगरका जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण शुरु, साथमा महानगर भत्ता पनि

यस बर्षको कार्यक्रमले ७५ बर्ष उमेर पूरा भएका महिला र ८० बर्ष उमेर पूरा भएका पुरुष जेष्ठ नागरिकलाई समेट्ने

चन्द्रमणि भट्टराई 
जेठ २० 

DSC_0437

काठमाडौं । काठमाडौं महानगरले आइतबारबाट जेष्ठ नागरिकलाई मानगर भत्ता र निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम शुरु गरेको छ । महानगरको सम्पर्कमा आउन सक्नेलाई आफ्नै कार्यालयमा र आउन नसक्नेलाई घरमै गएर स्वास्थ्य परीक्षण गरिनेछ । यस प्रकारको सेवा दिएपछि प्राप्त सिकाइबाट सामाजिक सुरक्षामा नयाँ रणनीति निर्माण गरिने महानगरको योजना छ ।

आइतबार सेवा शुभारम्भ गर्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले — महानगरबासीको स्वस्थ्य रहन पाउने अधिकार प्रदान गर्न, वातावरण तयार पार्ने तथा उपचार गराउनु पर्ने नागरिकलाई सहज ढङ्गबाट परीक्षण र औषधि उपचारको व्यवस्था गर्ने आफ्नो जिम्मेबारी रहेको बताउनुभयो । काम थालेको छौं । पाको उमेरका सवै आमा बाको घरमा चाँडै पुग्दैछौं । प्रमुख शाक्यको भनाइ थियो । यस पटक महानगरले ७५ बर्ष उमेर पूरा भएका महिला र ८० बर्ष उमेर पूरा भएका पुरुषका लागि निशुल्क स्वास्थ्य परीक्षण सेवा र महानगर भत्ता वापत् बार्षिक १२ हजार रुपैयाँ प्रदान गर्नेछ ।

नागरिकको घरमा जाने डाक्टरलाई मेडिकल उपकरणसहितको झोला, विरामी चेक जाँचको पूर्जा दिँदै दिएर पठाउने महानगरको योजना छ । अभियानमा लक्षित नागरिक कोही पनि नछुटुन् भन्ने कुरामा ख्याल गर्न महानगरले पाका उमेरका व्यक्तिहरुको प्रारम्भिक तथ्याङ्क संकलन गरेको छ । जसअनुसार यस कार्यक्रमबाट करीव ६ हजार ९२२ जना व्यक्तिलाई सेवा दिइनेछ । यो सेवाका प्रारम्भमा चिकित्सा विज्ञान तथा राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा. डा. गणेशबहादुर गुरुङ्ले कार्यक्रममा आएका जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्नुभएको थियो । यस क्रममा बोल्दै उपकुलपति गुरुङ्ले — वीर अस्पतालमा जेष्ठ नागरिकका लागि छुट्टै उपचार व्यवस्था गरिएको जानकारी गराउँदै, महानगरको काममा आफ्नो कार्यालयको पूर्ण साथ रहने प्रतिवद्धता जनाउनु भयो ।

काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका जेष्ठ नागरिकहरुलाई जीवनप्रति सकारात्मक बनाउन उनीहरुमा भएको रोगको पहिचान र निदान जरुरी छ । यस क्रममा थालिएको कार्यक्रममा सवैको सहभागिता जरुरी छ । कार्यक्रममा महानगरको वडा नं. ११ का वडाध्यक्ष एवं महानगरको विधायन समितिका संयोजक, हीरालाल तण्डुकारको भनाइ थियो ।

काठमाडौं महानगरमा बसोबास गर्ने कुनै पनि जेष्ठ नागरिकले — रकम अभावमा रोग लुकाएर बस्नु नपरोस् भनेर हामी जेष्ठ नागरिकको घरमै जाने भएका हौं । यसले एकातिर सरकार घरमै आइ पुग्यो भन्ने नागरिकलाई महसुस गराउँछ भने अर्कोतिर पाको उमेर भएका जेष्ठ नागरिकलाई सामान्य उपचारले जीवनयापन सहज महसुस गराउँछ । महानगरको जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठको भनाइ छ ।

पैसा भए पनि वुढेसकाल यस्तै हो भनेर, औषधि उपचार नगर्ने समस्या पनि सहरमा यथावत् छ । बुढेसकालको रोगलाई किन खर्च गर्नु भन्ने वा रोग निको हुँदैन किन पैसा खर्च गर्नु भन्ने सोच भएका जेष्ठ नागरिक आफैं पनि औषधि उपचारमा सकारात्मक छैनन् ।

DSC_0469यस अभियानमा पहिलो पटक सम्पूर्ण जेष्ठ नागरिकहरुको आधारभूत स्वास्थ्य अवस्थाको तथ्यांक संकलन गरिनेछ । यो क्रम दोश्रो पटकमा — टेलिफोन सम्पर्कका आधारमा उपलब्ध गराइनेछ । यसबाहेक जनता स्वास्थ्य केन्द्र क्लिनिकबाट विहान १० बजेदेखि दिउँसो ५ बजे सम्म निःशुल्क सेवा उपलब्ध गराइनेछ । यसमा ल्यावको सुविधा, निःशुल्क औषधीलगायतको सेवा हुनेछन् ।

नागरिकको घरमा जाने पुग्ने स्वास्थ्यकर्मीमा १ जना डाक्टरसहित ४ जना हुनेछन् । यस्ता २० वटा समूह दैनि परिचालन गर्ने महानगरको योजना छ ।

सहरमा ठूला घर छन् । उमेर हुञ्जेल प्रशस्त पैसा हुन्छ तर कतिपय व्यक्ति पाको उमेरमा पुगेपछि उनीहरु एक्लो र वेसहारा जस्तै बन्छन् । कति सँग प्रसा हुँदैन कतिसँग प्रसा हुन्छ तर परिचालन गरेर खुशी दिने साथ हुँदैन । यस प्रकारका अभावमा रहेकालाई साथमा सरकार छ भन्ने महसुस गराउन महानगरले यस प्रकारको सेवा अघि बढाएको जनाएको छ ।

अर्कोतिर पैसा भए पनि वुढेसकाल यस्तै हो भनेर, औषधि उपचार नगर्ने समस्या पनि सहरमा यथावत् छ । बुढेसकालको रोगलाई किन खर्च गर्नु भन्ने वा रोग निको हुँदैन किन पैसा खर्च गर्नु भन्ने सोच भएका जेष्ठ नागरिक आफैं पनि औषधि उपचारमा सकारात्मक छैनन् । यसबेला महानगरले थालनी गरेको जेष्ठ नागरिक स्वास्थ्योपचार तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमले उहाँहरुको जीवनयापन उत्साह थपिने आशा गर्न सकिन्छ ।

 

यसमा तपाइको मत