वातावरण दिवसका दिन सहरभरि ५ फिटका विरुवा रोपिने

वडा क्षेत्रको नेतृत्व वडाध्यक्ष र समग्र महानगरको नेतृत्व वातावरण विभागले गर्ने 

चन्द्रमणि भट्टराई 
जेठ १७ 

 

काठमाडौँ । विश्व वातावरण दिवसको अवसर पारेर काठमाडौं महानगरपालिकाले जेठ २२ गते महानगर क्षेत्रभरि वृक्षारोपण कार्यक्रम आयोजना गर्ने भएको छ । विगतमा पनि विरुवा रोसपए तर तिनको अभिलेखीकरण हुन सकेन, त्यसैले यसपटक ५ फिट अग्ला विरुवा रोप्न र रोपेका विरुवाको रेखदेख आफैं गर्न महानगरबासी र सम्बन्धित संघ संस्थालाई अनुरोध गरिएको छ । वातावरण व्यवस्थापन विभागका प्रमुख हरिबहादुर कुँवर भन्नुहुन्छ — विरुवा हुर्काउनेलाई पुरस्कार पनि दिने सोच बनाएका छौं ।

 

यस बर्षको विश्व वातावरण दिवस जेठ २२ गते परेको छ । यस दिन महानगर क्षेत्रभित्रका सरकारी, अर्ध सरकारी, गैर सरकारी तथा वित्तिय संस्था, निजी तथा सामुदायिक विद्यालय, कलेज, अस्पताललगायत क्षेत्रमा वृक्षारोपण गरिनेछ । यस कार्यक्रमका आयोजक तिनै निकाय तथा संघ संस्था रहनेछन् । यसबाहके हरेक महानगरबासीलाई आफ्नो घर कम्पाउण्ड र सँगै रहेको सार्वजनिक जग्गामा वृक्षारोपण गर्न आव्हान महानगरले आव्हान गरेको छ ।

 

विश्व वातावरण दिवसका दिन जेठ २२ गते महानगर क्षेत्रभित्रका सरकारी, अर्ध सरकारी, गैर सरकारी तथा वित्तिय संस्था, निजी तथा सामुदायिक विद्यालय, कलेज, अस्पताललगायत संस्था तथा नगरबासीका घर आँगनमा वृक्षारोपण गरिनेछ । 

वृक्षारोपणबाट दिगो वातावरणीय लाभ लिन कम्तीमा ५ फिट भन्दा ठूला बोटविरुवा रोप्न प्रोत्साहन गरिएको महानगरको वातावरण व्यवस्थापन विभागले जनाएको छ । जग्गा नभएका कारण ५ फिटका विरुवा रोप्न सकिएन भने कम्तीमा ३ फिटकै भए पनि वा गमलामै भए पनि विरुवा रोप्न महानगरको आग्रह छ ।

अभियानलाई प्रभावकारी बनाउन “काठमाडौ हरियाली, मेरो जिम्मेवारी, नगरवासीमा खुशीयाली” भन्ने नारा तय गरिएको छ । त्यस दिनको कार्यक्रम सम्पन्न भइ सके पछि रोपिएका विरुवाको तथ्याङ्क लिने, ती विरुवा संरक्षणको निरन्तर नियमन गर्ने र विरुवा हुर्काउनेहरुलाई मुल्याङ्कन गरी महानगरलाई सफा, स्वच्छ, सुन्दर र हराभरा काठमाडौं बनाउने अभियानमा साथ दिएवापत् पुरस्कार दिइने महानगरको योजना छ ।
 

यसमा तपाइको मत