संस्थागत क्षमता स्व-मूल्याङ्कनमा काठमाडौँ महानगरको ७८ अङ्क

स्थानीय तह संस्थागत क्षमता स्व-मूल्याङ्कन कार्यविधि ०७७ बमोजिमको नतिजा — फोकल पर्सन पोखरेल

काठमाडौँ । संस्थागत क्षमता स्व-मूल्याङ्कनमा काठमाडौँ महानगरपालिकालाई ७८ अङ्क प्राप्त भएको छ । देश संघीय शासन पद्धतिमा गइसकेपछि ०७७ सालमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको ‘स्थानीय तह संस्थागत क्षमता स्व-मूल्याङ्कन कार्यविधि’ का प्राबधानबमोजिम मूल्याङ्कन गरिएको हो । यसका लागि काठमाडौँ महानगरले आन्तरिक लेखा परीक्षण शाखा प्रमुख गोपाल पोखरेललाई फोकल पर्सन तोकेको थियो ।

यस अघिको शासन व्यवस्थामा तत्कालीन नगरपालिका र गाउँ विकास समितिको मूल्याङ्कनका लागि अनुदानमा आधारित ‘स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम’ सञ्चालन थियो ।

महानगरले बागमती प्रदेश सरकारको सुशासन केन्द्रबाट आएका प्रतिनिधिको सहजीकरणमा आ. व. ०७६/०७७ मा सम्पादन गरिएका कामको मुल्याङ्कन गरिएको हो । फोकल पर्सन पोखरेल भन्नुहुन्छ, ‘यो मूल्याङ्कन भनेको मुलत स्थानीय सरकार सञ्चालन ऐन ०७४ का व्यवस्था कार्यान्वयनको अवस्था हो ।’

स्थानीय तहका कार्य प्रक्रिया र उपलब्धीका बारेमा लेखाजोखा गरी सबल र दुर्वल पक्षको पहिचान गर्न, विकास र सुशासनमा रहेका कमीकमजोरीका बारेमा जानकारी लिन, आवधिक समीक्षाका लागि आधार प्राप्त गर्न यस प्रकारको स्व-मूल्याङ्कनको प्रबन्ध गरिएको हो । स्थानीय तहको तुलनायोग्य सूचक तर्जुमा गरेर प्रतिस्पर्धात्मक सुधार हुने यसको अपेक्षा हो ।

स्व-मूल्याङ्कनका लागि १० वटा विषय क्षेत्र राखिएका छन् । यी विषय क्षेत्रभित्रका १०० वटा उपक्षेत्रमा र अवस्था १, २ र ३ गरेर १०० अङ्क भारमा मूल्याङ्कन गरिएको हो । स्व-मूल्याङ्कनका लागि १० वटा विषय क्षेत्र राखिएका छन् । यी विषय क्षेत्रभित्रका १०० वटा उपक्षेत्रमा र अवस्था १, २ र ३ गरेर १०० अङ्क भारमा मूल्याङ्कन गरिएको हो ।

१० वटा विषय क्षेत्रहरु — शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, बार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तिय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन र सहकार्य र समन्वय हुन् ।

सुशासन केन्द्रका बिज्ञ सिपी सिग्देल महानगरको परिणामका बारेमा भन्नुहुन्छ, ‘७८ अङ्क उत्कृष्ट नतिजा हो । तर, सूचकले मागेका कागजपत्र उपलब्ध छन् कि छैनन् एक पटक तथ्य पुनःजाँच गरेपछि प्राप्ताङ्कको विश्लेषण गर्न सकिन्छ ।’

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत