प्रमुख शाक्य र उपप्रमुख खड्गी श्रेष्ठलाई नागरिक अभिनन्दन

हामीले नेपाल भाषा पढाउन लागेका होइनौँ, माध्यम मात्रै नेपाल भाषा हो — प्रमुख शाक्य

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलाई नागरिक अभिनन्दन गरिएको छ । महानगरपालिकाले कक्षा १ देखि ८ सम्म स्थानीय भाषाको पाठ्यक्रम लागु गरेर स्थानीय भाषा, लिपि, कला, सस्कार, सस्कृति र सम्पदालाई सदाकालका लागि जीवन्त राख्न ऐतिहासिक भूमिका खेलेको भन्दै नेवा पत्रकार राष्ट्रिय नागरिक अभिनन्दन गरेको हो ।

अभिनन्दन गर्नुअघि उहाँहरुलाई ‘नेपा झिगु मांदेय् खः नेपाल भाषा झिगु मांभाय् खः’ अर्थात ‘नेपाल हाम्रो आमा हो, नेपाल भाषा हाम्रो मातृभाषा हो’ लेखिएका व्यानर र नेवारी संस्कृति झल्किने बाजा–गाजासहित काठमाडौँका विभिन्न चोकको परिक्रमा गराइएको थियो । सहर परिक्रमापछि बसन्तपुर डबलीमा औपचारिक कार्यक्रम गरी उहाँहरुलाई सम्मान गरिएको थियो ।

अभिनन्दनपछि सम्वोधन गर्दै मन्त्री पोख्रेलले महानगरले स्थानीय भाषाको पाठ््यक्रम कार्यान्वयनमा ल्याएपछि स्थानीय सरकार सक्षम बन्दै गएको महसुस भएको उल्लेख गर्नुभयो । ‘नेवार जाति इतिहासका जीवित तथ्य हुन् ।’ मन्त्री पोखरेलले भन्नुभयो, ‘नेपालीहरुको इतिहास जातीय पहिचान हो । महानगरपालिकाले कार्यान्वयनमा ल्याएको स्थानीय पाठ्यक्रम र त्यसका आधारमा हुने पठनपाठनले महसुस योग्य परिणाम ल्याउँछ ।’

कार्यक्रमलाई सम्वोधन गर्दै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल भाषाको व्यवस्थित पठनपाठनका लागि संघ सरकारको प्रतिवद्धता रहेको बताउँदै आवश्यक पर्ने ठाउँमा सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभयो । ‘काठमाडौँ महानगरपालिकाले पाठ्क्रमसहित पाठ्यपुस्तक छापेर पठन–पाठन गराउन शिक्षक छनौटको काम समेत सम्पन्न गरेको सुन्दा खुशी लाग्यो,’ मन्त्री श्रेष्ठले भन्नुभयो, ‘महानगरको यो उपलब्धी अन्य पालिकाका लागि पनि सिकाइ हो । अब कक्षा १०, ११ र १२ मा पनि लागु गर्दै जानुपर्छ ।’

स्थानीय भाषाको पठन–पाठन सुरु गर्नु काठमाडौँ महानगरको सबैभन्दा महत्वपूर्ण कामः — कवि दुर्गालाल

कार्यक्रममा प्रमुख शाक्यले चुनौतीपूर्णमध्येको महत्वपूर्ण काम सम्पन्न भएको उल्लेख गर्नुभयो । महानगरको कामलाई संघ सरकारले स्वामित्व ग्रहण गरेकोमा खुशी लागेको छ । प्रमुख शाक्यले भन्नुभयो, ‘हामीले हाम्रा पहिचानका रुपमा रहेका स्थानीय भाषा, लिपि, कला, सस्कार, सस्कृति र सम्पदालाई बचाइ राख्न सबै जनप्रतिनिधि एक ठाउँमा भएर प्रयत्न ग¥यौंँ । सबै जनप्रतिनिधिको साझा विषय भएकाले स्थानीय पाठ्यक्रम व्यवस्थित कार्यान्वयन चरणमा ल्याउन सकेका हौँ ।’

उहाँले नेपाल भाषा पढाउन भन्दा पनि माध्ययम नेपाल भाषा भएको स्मरण गराउनुभयो । शुद्ध नेपाल भाषा नै पठन–पाठन गराउन नलागेको पनि बताउनुभयो । ‘हामीले नेपाल भाषा पढाउन लागेका होइनौँ । माध्यम मात्रै नेपाल भाषा हो । यहाँको कला, संस्कृति, रहन–सहन, रीति–रिवाज, भूगोल, इतिहासबारे जानकारी गराउने माध्यमका रुपमा हामीले स्थानीय पाठ्यक्रम तयार पारेका हौंँ । प्रमुख शाक्यले यसैमार्फत काठमाडौँको सम्पदालाई पर्यटनसँग जोडन चाहेको पनि बताउनुभयो ।

कार्यक्रममा उप्रमुख खड्गी श्रेष्ठले मेरो काठमाडौँ, हाम्रो काठमाडौँ भने जस्तै यहाँको भाषालाई पनि मेरो भाषा, हाम्रो भाषा भनेर सिक्नुपर्ने बताउनुभयो । नयाँ प्रयास हो । त्यसैले केही समस्या हुन सक्छन् । सबै मिलेर यसलाई प्रभावकारी कार्यान्वयन गराउनु पर्छ । उपप्रमुख खड्गी श्रेष्ठले, नेपाल भाषालाई नेवारको भाषा भनेर नबुझी सबैको भाषाका रुपमा ग्रहण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सम्वोधन गर्नेक्रममा जनकवि दुर्गालाल श्रेष्ठले, लामो समयदेखिको स्थानीय भाषीको सपना पूरा भएको भन्दै भाबुक बन्नुभयो । ‘नेपाललाई संसारमा परिचित गराउन चाहिने उसको पहिचान भनेको राष्ट्रिय सम्पदाको सुरक्षा पहिलो हो । त्यो सुरक्षा कहिले हुन्छ त?,’ उहाँले भन्नुभयो, ‘जब बच्चाहरुबाट त्यहाँको पहिचान सम्बन्धि कुरालाई आत्मसात गरेको हुन्छ । त्यसैबाट मात्रै हामी अभिमानसाथ संसारको अघिल्तिर हाम्रो नेपाल भनेर उभिन सक्ने हुन्छौँ ।’

स्थानीय पाठ््यक्रम कार्यान्वयनमा ल्याउनु महानगरको महत्वपूर्ण उपलब्धी हो । यसलाई अन्य स्थानीय तहले सिकाइका रुपमा लिन सक्छन् — मन्त्री पोखरेल

उहाँले स्थानीय भाषाको पठन–पाठन बच्चाहरुको नैसर्गिक अधिकार भएको पनि स्मरण गराउनुभयो । ‘काठमाडौँ महानगपालिकाले नेपाल चिनाउने काम सुरु गरेको छ । यो व्यवस्थित ढंगले अघि बढ्न सकोस् यो महान कामका लागि काठमाडौँ महानगरपालिकालाई धन्यवाद दिन चाहन्छु ।’ उहाँले भन्नुभयो, ‘काठमाडौँ महानगरपालिकाले अरु पनि धेरै काम गरेको होला । ती सबैमध्ये यो सबैभन्दा महत्वपूर्ण काम हो । मेरो सपना पूरा भएको छ । यसलाई महानगरपालिका र सरकारबाट पनि बचनवद्ध भएर लाग्ने प्रतिवद्धता सुन्न पाइयो । यो व्यवहारमा लागु होस ।’

कार्यक्रममा विभिन्न स्थानीय क्लब, टोल सुधार समिति, गुठी गहनाकातर्फबाट प्रमुख र उपप्रमुखलाई अभिनन्दन गरेका थिए ।

 

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत