विधायन समितिका संयोजक तण्डुकार लडेर घाइते, घुँडाको शल्यक्रिया

घरको भ¥याङ् उत्रने क्रममा लडेर घाइते

काठमाडौँ । काठमाडौँ महानगरको विधायन समितिका संयोजक एवं वडा ११ का अध्यक्ष हीरालाल तण्डुकारको आज घुँडाको शल्यक्रिया गरिएको छ । हिजो (चैत ९) गते घरको भर्याङ्बाट उत्रने क्रममा चिप्लिएर लडेपछि उहाँ घाइते हुनुभएको थियो । उहाँलाई हिजै नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

लडेपछि आफैंले वडा सदस्य सरोज मुल्मी र स्थानीय सुनिल महर्जनलाई फोन गरेर बोलाउनु भएको थियो । लड्दा टाउको पनि ठोक्किएकोले हिजो नै सिटी स्क्यान गरिएको थियो । सिटी स्क्यान गर्दा टाउकोमा समस्या देखिएन । शल्यक्रियामा जानुअघि उहाँ आफैंले घटना र स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिनुभयो ।

लड्दा घुँडा जोतियो । यसबाट दाहिने घुँडामा गम्भीर चोट लागेछ । यसकारण अपरेसन गर्नुपर्ने भो । उहाँको भनाइ थियो ।

 

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत