सञ्चित कोष व्यवस्थापन विषयमा महानगरका अधिकारीलाई प्रशिक्षण

प्रविधिमा आधारित आर्थिक प्रणालीमा जोड दिँदै महानगर  
 


चन्द्रमणि भट्टराई
जेठ २

काठमाडौँ । काठमाडौं महानगरले राजस्व तथा वित्तमा काम गर्ने अधिकारीका लागि ३ दिने स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली सम्बन्धि ३ दिने प्रशिक्षण सम्पन्न गरेको छ । वैशाख ३० गतेबाट राष्ट्रिय सभा गृहको तालिम कक्षमा सम्पन्न प्रशिक्षणमा ६ वटा शीर्षकका विभिन्न उपशीर्षकमा सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा सञ्चालन गरिएका थिए । यसरी सञ्चालन गरिएका कक्षामा पहिलो दिन गाउँपालिका तथा नगरपालिकाको योजना तथा बजेट तर्जुमा प्रक्रिया, स्थानीय तहको आम्दानी तथा खर्च शीर्षक बर्गीकरण सम्बन्धि विषय समावेश थिए । यी शीर्षकभित्र संवैधानिक तथा कानूनी व्यवस्था, योजना तर्जुमा तथा बजेट बजेट निर्माण प्रक्रिया, योजनाका क्षेत्र, उपक्षेत्र तथा कार्यक्रमको आवश्यकता, वित्तिय अनुशासन र आर्थिक प्रशासन, नयाँ चार्टस् अफ अकाउण्डट्स, आम्दानी, चालु र पूँजीगत खर्च शीर्षकमा प्रशिक्षण दिइयो । यसरी चलाइएका प्रयोगात्मक कक्षामा सहभागी अधिकारीलाई सफ्टवेयरमा राजस्व अनुमान, राजस्वका शीर्षक र अनुमानित राजस्व रकम, कार्य सञ्चालन तथा प्रशासनिक खर्च अनुमान, वडागत योजनाको विवरणगाउँपालिका तथा नगरपालिका अन्तर्गत सञ्चालन हुने योजना तथा यसभित्रका शशर्त वित्तिय समानीकरण अनुदान, आन्तरिक आय जस्ता शीर्षकमा रकम भर्न तथा त्यसबाट प्राप्त विवरणको विश्लेषण गर्न सिकाइएको थियो ।

प्रशिक्षणमा सूत्रका आधारभूत स्वरुप, प्रविष्टि र आधारभूत विवरणमा चर्चा गर्दै बजेट बनाउने आधार, सफ्टवेयरको आधारभूत जानकारीमा — बजेट उपशीर्षक, कर्मचारी, पदाधिकारी तथा संस्थाको विवरण, वैङ्क खाता तथा चेक इन्ट्री, संस्थाको प्रतिचित्रण बजेटका श्रोत र बजेट निर्माण प्रक्रिया सञ्चालन गर्न सिकाइएको थियो । सञ्चित कोष व्यवस्थापनका लागि निर्माण गरिएको सफ्टवेयर चलाउन आवश्यक पर्ने नेपाली युनिकोड, युनिकोड स्टल गर्ने तरिका, बजेट उपशीर्षक बनाउने तरिका पनि प्रशिक्षणमा सिकाइएको थियो ।

सञ्चित कोष व्यवस्थापन गर्न राजस्व अनुमान इन्ट्री गर्ने प्रक्रिया, अनुदानतर्फको खर्च अनुमान अभिलेख गर्ने प्रक्रिया, आन्तरिक श्रोतको खर्च अनुमान प्रक्रिया र बजेट स्वीकृत तथा यसका आधारभूत विवरण प्रविष्टि सम्बन्धि जानकारी हुन जरुरी हुन्छ । यी विषयमा ज्ञान भए राजस्व तथा आन्तरिक आयको अनुमान अभिलेख गर्न, कार्यक्रमको क्षेत्र र उपक्षेत्र पहिचान गर्न, मुख्य कार्यक्रम र खर्च व्यवस्थापन गर्न, अनुदानको बजेट र अभिलेख तयार पार्न, वैङ्क खाता र चेक नम्बर, भुक्तानी र पेश्की पाउनेको विवरण बनाउन सजिलो हुन्छ । यसले आर्थिक पारदर्शितामा योगदान पु¥याउँछ ।

सञ्चित कोषलाई व्यवस्थित बनाउन कोष, धरौटी र आम्दानी खाताको लेखाङ्कन हुन आवश्यक हुन्छ । गोश्वारा भौचर, धरौटी गोश्वारा भौचर, आम्दानी गोश्वारा भौचर, खर्च, पेश्की सम्बन्धी भौचरले लेखाङ्कन कार्यलाई व्यवस्थित बनाउँछ ।  

त्यस्तै सम्पन्न कामबाट लक्ष्य पूरा भयो कि भएन वा लक्षित समूहका बजेट प्रवाह भयो कि भएन भनेर बुझ्न सम्पन्न कामको प्रतिवेदन तयार पर्न आवश्यक हुन्छ । प्रशिक्षण कार्यक्रममा बजेट तथा खर्च सम्बन्धी प्रतिवेदनमा वैङ्क नगदी किताव, बजेट सिट, खर्चको फाँटवारी, बजेटका अनुसूचीहरु, खर्च तथा निकासा सम्बन्धि विवरण हेर्ने र प्रिन्ट गर्ने विषय पनि समावेश थिए ।

महानगरले यस प्रकारका क्षमता विकासका कामबाट कर्मचारीलाई दक्ष बनाउने तथा यसको सिधा प्रभाव सेवाग्राहीको सेवा सन्तुष्टिमा परीक्षण गर्ने रणनीति लिएको छ ।

यसमा तपाइको मत